१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत २२ बुधबार
  • Saturday, 10 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७९ चैत २२ बुधबार १o:५७:oo
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

यौटा सपनाको अवसान : ‘वीरेनप्रतापको भूमिका गर्दा बुबालाई सम्झिएँ’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ चैत २२ बुधबार १o:५७:oo

आर्थर मिलरको चर्चित नाटक ‘डेथ अफ द सेल्सम्यान’को नेपाली रूपान्तरण ‘यौटा सपनाको अवसान’ मण्डला थिएटरमा मञ्चन भइरहेको छ । विप्लव प्रतीकले अनुवाद गरेको नाटकलाई रंगकर्मी अनुप बरालले निर्देशन गरेका हुन् । ‘डेथ अफ द सेल्सम्यान’को मुख्य पात्र बिली लोम्यानलाई नेपालीमा वीरेनप्रताप कार्की नाम दिइएको छ । यस भूमिकामा रोय श्रेष्ठ छन् । 

३२ वर्षका रोयले यस भूमिकाका लागि लामो मिहिनेत गरेका थिए । ‘यस नाटकमा मैले ६३ वर्षको व्यक्तिको भूमिका गर्नुप¥यो । त्यही व्यक्तिको ४०–४५ वर्षको उमेरलाई पनि नाटकमा देखाइएको छ । त्यसैले यो भूमिका गर्न पहिले डर लागेको थियो । तर, बिस्तारै स्क्रिप्ट पढेपछि हिम्मत आयो,’ उनले भने, ‘६३ वर्षको उमेरमा संघर्ष गरिरहेको वीरेनप्रतापले यस नाटकमा ४०–४५ वर्षको छँदा देखेको सपना सम्झन्छ ।’

उनले एक महिना लगाएर मिहिनेत गरेपछि बल्ल पात्रमा घुस्न सकेको बताए । ‘त्यस दिनदेखि अहिलेसम्म पनि नाटकको स्क्रिप्ट पढिरहेकै छु । यो क्यारेक्टर गर्न पाउनु आफैँमा भाग्यमानी ठान्छु । सबै नाट्यकर्मीले कमै अवसर पाएका हुन्छन् । पहिले अनुप सरसँग ‘थर्टी डेज इन सेप्टेम्बर’ नाटकमा काम गरेको थिएँ । त्यो नाटकमा पनि मैले ५०–५५ वर्ष उमेरको क्यारेक्टर गरेको थिएँ,’ उनले भने, ‘त्यो वेला काम गरेको विश्वास गरेर सायद मलाई यो क्यारेक्टर दिनुभएको हो । विश्वभरकै हरेक रंगकर्मी यो क्यारेक्टर गर्नलाई लालायित हुन्छन् । यो मानेमा आफूलाई भाग्यमानी ठान्छु । जीवनमा यस्तो क्यारेक्टरमा काम गर्ने संयोग कमै मिल्छ ।’

रोयले अहिलेसम्म एक दर्जनभन्दा बढी नाटकमा अभिनय गरिसकेका छन् । कोर्ट मार्सल, ३० डेज इज सेप्टेम्बर, थाङ्ला, ढल्केको सालैज्यूलगायत नाटकमा उनी देखिएका थिए ।