१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत २१ मंगलबार
  • Saturday, 29 June, 2024
सौरभ यादव राजविराज
२o७९ चैत २१ मंगलबार २१:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

जिल्ला अध्यक्ष कुट्ने इन्स्पेक्टरलाई कारबाही गर्न जसपाको माग

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o७९ चैत २१ मंगलबार २१:१८:oo

जसपाका सप्तरी अध्यक्ष केदारप्रसाद यादवलाई कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक नवीन थापालाई बर्खास्त गर्न माग भएको छ ।

जसपाले जनताको काम लिएर प्रहरी कार्यालय पुगेका वेला जिल्ला अध्यक्ष यादवलाई दुर्व्यवहार गर्दै कुटपिट गरेको तथा हथकडी लगाई थुन्ने प्रयास गरेको आरोप लगाएको छ । 

जसपाका प्रवक्ता मनीष सुमनले एक विज्ञप्ति जारी गर्दै सप्तरीका प्रहरी निरीक्षक थापाद्वारा गरिएको निर्घात कुटपिट, आक्रमण र अकारण थुन्ने प्रयासको निन्दा र भर्त्सना गर्दै दोषी प्रहरीलाई बर्खास्त गर्न माग गरेका छन् । 

कुटपिटको विरोधमा जसपाका नेता, कार्यकर्ताहरू सप्तरीको सदरमुकाम राजविराजमा प्रहरीको विरोधमा उत्रिएका छन् । उनीहरूले जिल्ला प्रहरी कार्यालय सप्तरीको मूल गेटमा टायर बालेर प्रदर्शन गरेका छन् । 

ad
ad
ad
ad