१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत १९ आइतबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत १९ आइतबार १४:२४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हवाई क्षेत्रमा देखिएका समस्या तत्काल समाधान गर्न सांसद पौडेलको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत १९ आइतबार १४:२४:oo

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले मुलुकको हवाई क्षेत्रमा देखिएका समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेका छन्।

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले मुलुकको हवाई क्षेत्रमा पछिल्ला दिनहरुमा गम्भीर समस्याहरू देखा परेको उल्लेख गर्दै त्यसको दिगो समाधान खोज्न सरकारसँग माग गरेका हुन्।

कुनै जहाजको पाङ्ग्रा खुस्किने, कुनैको टायर भाडामा लिनुपर्ने, उडान नियमित नभएर यात्रु अलपत्र बन्ने स्थिति देखा परेको उल्लेख गर्दै सांसद पौडेलले यसलाई गम्भीरपूर्वक लिन आग्रह गरे। हवाई सुरक्षाको विषयलाई हरेक मुलुकले उच्च प्राथमिकतामा राख्ने गरे पनि नेपाल सरकार र सम्बन्धित निकाय त्यस मामिलामा बेखबरजस्तै बन्नु दुःखद रहेको उनको भनाइ छ।

‘पछिल्लो रिपोर्टले प्रस्ट भन्छः नेपालमा हवाई दुर्घटनाका पछाडि इन्जिनले काम नगरेकोजस्ता यान्त्रिक कारणभन्दा व्यवस्थापकीय पक्षमा चुक्दा बढी दुर्घटनाहरू हुन्छन्। तर, सम्बन्धित निकायको नेतृत्व यस विषयमा बेखबरजस्तै छ। सभामुख महोदय, हवाई सुरक्षाको विषयलाई प्रत्येक मुलुकले उच्च प्राथमिकतामा राखेका छन्। तर, हाम्रोमा यस विषयलाई किन गम्भीरतापूर्वक लिइँदैन?’ उनले प्रश्न गरे।