मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ चैत १९ आइतबार ११:२३:००
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ चैत १९ आइतबार ११:२३:००

- हप्तामा दुई–तीनपटक तोरीको तेलले कपालको जरैदेखि मसाज गर्दा टाउकोको छालामा पोषण पनि मिल्छ र कपाललाई चम्किलो तथा नरमसमेत बनाइराख्छ । टाउकोको छालाको रक्तसञ्चार बढाउन पनि हप्तामा एकपटक हेयर आयल मसाज गर्दा राम्रो हुन्छ ।

- अर्गानिक मेहदीको धुलोसँग अदुवा, प्याज, मही–दही मिसाएर लगाउँदा कपाल झर्नबाट रोक्न सकिन्छ । मही, कागतीको रस, मेथीको धुलो लगाउँदा कपाल झर्न कम हुन्छ । कपालमा लगाउनुभन्दा दुई–तीन घन्टाअघि मेहदी भिजाउनुपर्छ । कपालमा लगाएपछि पनि दुई–तीन घन्टापछि मात्रै नुहाउनुपर्छ । महिनाको एकपटक यसरी लगाउँदा कपाललाई फाइदा गर्छ ।

- घिउकुमारीको लेदो रस कपालको जरामा लगाउँदा कपाल स्वस्थ राख्न मद्दत गर्छ । नरम कपडाले कपालको जरामा घोट्नुपर्छ । जसले कपाल चम्किलो गराउँछ, साथै चायाँ हट्छ ।

- कपाल कडा प्रोटिनले बनेको हुन्छ । भिटामिन ‘ए’ले कपाललाई पोषण दिन्छ, ‘सी’ले कपाललाई चमक प्रदान गर्छ । त्यस्तै, ‘ई’ले कपालको लम्बाइ बढाउँछ । भिटामिन ‘ए’ पहेँलो फलफूलमा पाइन्छ । ‘सी’ अमलामा प्रशस्त हुन्छ । भिटामिन ‘ई’ बदाम र एभोकाडोमा पाइन्छ । सिरोमको प्रयोग पनि कपालमा आवश्यक छ । यसले कपाल लट्टा पर्नबाट जोगाउनुका साथै सूर्यको किरणले कपालमा गराउने नोक्सानीबाट पनि जोगाउँछ ।