मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत १७ शुक्रबार १४:३७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उपनिर्वाचनका लागि तनहुँ र बारामा २६ दल दर्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत १७ शुक्रबार १४:३७:००

निर्वाचन आयोगले आगामी वैशाख १० मा  हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि दर्ता भएको राजनीतिक दलको विवरण सार्वजनिक गरेको छ। 

उपनिर्वाचनका लागि तनहुँ निर्वाचन क्षेत्र नम्बर १ र बारा निर्वाचन क्षेत्र नम्बर २ का लागि आयोगको निर्णयअनुसार  २६  राजनीतिक दल दर्ता भएका छन्। चितवन क्षेत्र नम्बर २ का लागि राजनीतिक दल दर्ताको विवरण यसअघि सार्वजनिक भइसकेको छ। 

उपनिर्वाचनका लागि तोकिएबमोजिमको ढाँचामा मतदाता नामावली उपलब्ध गराउने व्यवस्था मिलाउन आयोगले प्रदेश र जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिने निर्णय गरेको छ।