Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ चैत १७ शुक्रबार ११:४०:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

कोलेस्ट्रोल नियन्त्रण गर्न यस्तो खानपान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ चैत १७ शुक्रबार ११:४०:००

- कोलेस्ट्रोल नियन्त्रण गर्न दैनिक कम्तीमा एक घन्टा व्यायाम गर्नुपर्छ । तारेको, भुटेको तथा चिल्लो खानेकुरालाई सकेसम्म कम गर्नुपर्छ । 

- मदिरा सेवन नगर्ने । यसमा बढी क्यालोरी हुन्छ । जसले ब्लडप्रेसर, डाइबिटिजलगायतका समस्या पनि निम्त्याउँछ । विशेषगरी, बियरले ट्राइग्लिसाइडको मात्रा बढाउँछ । मोटो मानिसलाई त यो अझ बढी खतरनाक हुन्छ ।

- चुरोटको सेवनले शरीरमा गुड कोलेस्ट्रोलको मात्रा घट्न थाल्छ । र, यसमा भएका निकोटिन र अन्य हानिकारक पदार्थले शरीरमा भएको गुड कोलेस्ट्रोललाई पनि ब्याडमा परिवर्तन गर्छ । र, यस्तो कोलेस्ट्रोल ब्लकेज गर्ने गरी विकास हुन्छ । त्यसैले धूम्रपान पनि बन्द गर्नुपर्छ । 

- मांसाहारीभन्दा शाकाहारी खाना खानु धेरै राम्रो हो । तर, शाकाहारी पनि सबै प्रडक्ट राम्रो हुन्छ भन्ने छैन । शाकाहारी मानिसले पनि दूधको प्रयोग बढी गर्दा कोलेस्ट्रोलको मात्रा बढ्न सक्छ । त्यसैले दूधजन्य पदार्थको प्रयोग कम गर्नुपर्छ । 

- मासुमा बोसोको मात्रा बढी हुने भएकाले शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्छ । तर, माछामा गुड कोलेस्ट्रोल हुने भएकाले यसको प्रयोगले त्यति असर गर्दैन । तर, डिप फ्राई गर्दा भने समस्या निम्तिन सक्छ । अन्डाको सेतो भागमा पनि कोलेस्ट्रोलको मात्रा कम हुने भएकाले खान सुरक्षित मानिन्छ ।