
प्रसन्ना पन्डरीनाथन ‘प्रेसी’द्वारा लिखित पाककलासम्बन्धी कृति ‘अम्मी’ सार्वजनिक भएको छ । कृतिको नाम अम्मी कल्लुको नाममा राखिएको छ । यसले दक्षिण भारतको पारम्परिक जाँतो बुझाउँछ ।
पन्डरीनाथनले ‘अम्मी’मा उनकी आमा निर्मला पन्डरीनाथनको रेसिपी उल्लेख गरेकी छिन् । सो कृतिमा उनको जीवनको अनुभवबारे रोचक किस्सा समेटिएको छ । तस्बिरसहितको कृतिमा उनको परिवारको आजीवन पाकयात्राको सारांशलाई प्रतिनिधित्व गर्ने बताइएको छ । प्रसन्ना पन्डरीनाथनको यो जीवनकै पहिलो कृति हो ।
यसअघि उनी लोकप्रिय मोडल थिइन् । मोडल हुँदै उनले फोटोग्राफर बन्नेसम्मको यात्रा तय गरेकी थिइन् । कैयौँ देशमा बसोवास गरेकी उनको कामले मिश्रित संस्कृतिको प्रभावलाई दर्साउँछ ।
प्रसन्नाकी आमाको निधन सन् २०१० मा भएको थियो । त्यसपछि उनले आफ्नी आमाको स्मृतिलाई अरूसँग बाँड्न ‘अम्मी’ सार्वजनिक गरेको बताइएको छ ।