१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
ग्लोबल टाइम्स
२o८१ बैशाख २४ सोमबार o९:२७:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

वैदेशिक लगानी आकर्षित गर्न चीनको एकवर्षे अभियान 

Read Time : > 2 मिनेट
ग्लोबल टाइम्स
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o९:२७:oo

सन् २०२२ को अन्त्यमा चीनमा विदेशी कम्पनीको संख्या १० लाखभन्दा बढी र सञ्चित लगानी २८ खर्ब ६० अर्ब अमेरिकी डलर पुगेको थियो 

चीनले गत मंगलबार ‘चीनमा लगानी’ नामक थिममा एक वर्षे अभियानको सुरुवात गरेको छ । यो अभियानलाई चीनमा विदेशी लगानी आकर्षित गर्ने र विदेशी कम्पनीलाई चीनको अवसरबारे राम्रोसँग बुझ्न सहयोग गर्ने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ । किनकि, चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको देश हो । यसले बढ्दो बाहिरी अनिश्चितताबीच व्यापक उदारीकरण (खुलापन)लाई पछ्याउँछ । 

चीनको वाणिज्य मन्त्रालयद्वारा सुरुवात गरिएको ‘चीनमा लगानी’ कार्यक्रम औपचारिक रूपमा देशको निर्यात केन्द्र मानिने ग्वान्दोङ प्रान्तस्थित ग्वान्झाउमा सुरु भएको छ । यो कार्यक्रम एक वर्षसम्म चल्नेछ । विशेष प्रचार कार्यक्रम विदेशमा साउदी अरब, जापान र दक्षिण कोरियाका साथै जर्मनी र अन्य युरोपियन देशमा पनि जानेछ । 

बाँकी वर्षमा देश–विदेशमा २० भन्दा बढी गतिविधि सञ्चालन हुनेछन् । चीनका वाणिज्य उपमन्त्री वाङ सोवेनका अनुसार यो कार्यक्रमले विदेशी लगानीकर्तालाई चीनमा लगानीको वातावरण बुझ्न, व्यवसाय बढाउन, उनीहरूको चिन्ताप्रति उत्तरदायी हुन तथा सबै गुणस्तरीय सेवा प्रदान गर्न सहयोग पुर्‍याउनेछ । यसकारण विदेशी लगानीकर्तालाई चीनमा लगानी गर्न प्रोत्साहित गर्नुपर्ने सोवेनको भनाइ छ । 

चीनको राजधानी बेइजिङमा आयोजित तीनदिने चाइना डेभलपमेन्ट फोरम–२०२३ को समापनमा विदेशी लगानी आकर्षित गर्ने बलियो प्रयास भएको छ । यसमा ठूलो अर्थतन्त्र भएका देशका शीर्ष अधिकारी, विशेषगरी बहुराष्ट्रिय कम्पनीका सिइओ र वैश्विक संगठनका प्रतिनिधिले चीनबारे यस वर्ष र त्यसपछिको खुलापन, प्रतिबद्धता र नीति अभिमुखीकरणमा सहभागीलाई आश्वस्त पारेका छन् । 

‘चीनमा लगानी’ अभियानलाई विदेशी लगानी आकर्षित गर्ने र विदेशी कम्पनीलाई चीनको अवसरबारे बुझ्न सहयोग गर्ने  महत्वपूर्ण कदमका रूपमा हेरिएको छ, किनकि चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको देश हो

विदेशी लगानी उपयोग गर्ने चीनको नीति परिवर्तन हुँदैन । बरु अझ विस्तृत रूपमा लगानी आकर्षित र उपभोग गर्नेतिर लाग्छ । चीनको दीर्घकालीन पूर्वाधार र सम्भावनासहितको लचिलो अर्थतन्त्र पनि परिवर्तन भएको छैन । त्यहाँको अर्थतन्त्र स्थिर र पुनर्संगठित हुँदै छ । यसकारण पनि यतिवेला चीनमा विदेशी लगानी गर्ने सही समय भएको बताइएको छ ।

कार्यक्रमको उद्घाटन सत्रमा चीनका उपप्रधानमन्त्री ही लिफेङले आफूहरूले अनुकूल अवसर ग्रहण गर्न चीनमा दीर्घकालीन व्यवस्था गर्न विदेशी लगानीलाई स्वागत गर्ने बताए । उनका अनुसार विदेशी उद्यमको चीनमा विस्तार र लगानीको राम्रो अवसर छ । 

‘यस्तै, अर्को चरणमा सरकार र विदेशी कम्पनीबीच समन्वय गर्न सञ्चार सञ्जाल जारी राख्नेछौँ,’ उनको भनाइ थियो, ‘विदेशी लगानीका उद्यमका लागि गुनासो गर्ने व्यवस्थामा सुधार जारी राख्नेछौँ । कैयौँ च्यानलका माध्यमबाट बुझेर अगाडि बढ्नेछौँ । यस्तै, विदेशी कम्पनीको विचार र डेटालाई सक्रियतापूर्वक बढावा दिनेछौँ ।’
सन् २०२२ को अन्त्यमा चीनमा विदेशी कम्पनीको संख्या १० लाखभन्दा बढी पुगेको थियो । यसमा सञ्चित लगानी २८ खर्ब ६० अर्ब अमेरिकी डलर पुगेको थियो । चीन र विश्व अर्थन्तन्त्रको एकीकरणलाई बढावा दिने क्रममा यी विदेशी कम्पनीले चीनको विकासको गतिलाई पक्रेर आफ्नो विकास गर्न सक्नेछन् । उपप्रधानमन्त्री लिफेङका अनुसार उद्यमशीलताको दृष्टिकोणले चीनमा लगानी गर्नु भनेको वर्तमान मात्रै नभएर भविष्यका लागि पनि लगानी गर्नु हो । 

बिएएसएफ एसईका बोर्ड सदस्य मार्कस कामिथका अनुसार यो कार्यक्रमले चीनले विदेशी लगानीलाई खोल्न चाहेको देखाउँछ, जुन स्वागतयोग्य हो । एक वरिष्ठ कार्यकारीले फर्मका लागि चीनको महत्वबारे जोड दिए, विशेषगरी उच्च गुणस्तरीय उत्पादन र समाधानका लागि । भूराजनीतिक अनिश्चितताका बाबजुद बिएएसएफ आशावादी देखिन्छ । साथै, चीनमा आगामी विकासका लागि प्रतिबद्ध देखिन्छ । 

चीनमा बलियो सरकार र अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि प्रभावकारी नीतिले मात्रै चीनको सफलता दर्साउँछ । विदेशी लगानीकर्तालाई चिनियाँ बजारमा अवसरबारे थाहा पाउन यस्ता कार्यक्रम आवश्यक छन् । जब कि केही विदेशी पुँजी जटिल अन्तर्राष्ट्रिय माहोल, भूराजनीतिक तनाव र केही देशद्वारा चीनलाई वैश्विक रूपमा एक्लो पार्ने प्रयासअन्तर्गत चीनमा लगानी गर्न हिचकिचाउन सक्छन् । 

चीनले विदेशी लगानी आकर्षित गर्न पहिले ठूला उद्योगमा ध्यान दिनुपर्ने र विदेशी लगानीको गुणस्तर सुधार गर्नुपर्नेछ । यसको समान प्रदर्शन प्रभाव अन्य कम्पनीमा समेत पर्ने बुझिएको छ । यद्यपि, विदेशी लगानी दक्षिण–पूर्व एसियामा जान थालेको सुनिएको छ । विशेषज्ञका अनुसार चीनको औद्योगिक समर्थन र राम्रोसँग मेल खाने सहकारी उद्यम अपूरणीय लाभ हो । 

मुख्य भूमिमा प्रत्यक्ष विदेशी लगानी (एफडिआई) सन् २०२३ को दुई महिनामा ६.१ प्रतिशतले बढेर २६८.४४ अर्ब युआन पुगेको थियो । अर्थात्, अमेरिकी डलरमा एफडिआई प्रवाह वार्षिक एक प्रतिशतले बढेर ३९.७१ अर्ब डलर पुगेको छ । 

 

ad
ad