मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ चैत १६ बिहीबार २०:५२:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

प्रधानमन्त्री भन्छन् - दुई साताभित्र क्रिकेट रंगशालाको समस्या टुंगिन्छ, रंगशाला बन्छ

Read Time : < 1 मिनेट
२०७९ चैत १६ बिहीबार २०:५२:००

प्रधानमन्त्री प्रचण्डले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको कार्य अघि बढ्ने बताएका छन् ।भरतपुरमा बिहीबार भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले समस्या दुई साताभित्र समाधान हुने बताए । उनले भने, ‘एक वा दुई साताभित्र सबै समस्या समाधान हुन्छ र क्रिकेट रंगशालाको निर्माण कार्य अघि बढ्छ ।’
 
धुर्मुस–सुन्तली फाउन्डेसनले देश–विदेशमा रहेका नेपालीबाट सहयोग जुटाएर भरतपुरमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण थालेका थिए । तर, आर्थिक अभाव देखाउँदै उनीहरूले निर्माण कार्य रोकेपछि पछिल्लो डेढ वर्षदेखि रंगशाला निर्माण अलपत्र छ ।

२० माघ ०७५ मा फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) र उपाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली)ले भरतपुर महानगरपालिका– १५ स्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयको जग्गामा डोजर चलाउँदै रंगशालाको डिपिआर प्रक्रिया सुरु गरेका थिए । 

उनीहरूले ६ महिनाभित्र डिपिआर सकेर दुई वर्षभित्र रंगशाला तयार गर्ने उदघोष पनि गरेका थिए । तर, अभियानकर्ताले नै हात झिकेपछि ३० हजार दर्शक क्षमताको रंगशाला खण्डहर बन्दै गएको छ ।

फाउन्डेसनले रंगशालाका लागि उधारोमा किनेका सामग्रीको १८ करोडभन्दा बढी रकम तिर्न बाँकी छ । कोरोनाका कारण आर्थिक स्रोत जुटाउन नसकेको भन्दै फाउन्डेसनले निर्माणकै क्रममा सम्झौताअनुसार भरतपुर महानगरपालिकालाई २ पुसमा स्वामित्व हस्तान्तरणका लागि पत्राचार गरेको थियो । 

केही दिनअघि अभियन्ता कट्टेलले ‘धुर्मुस–सुन्तली फाउन्डेसन’को फेसबुक पेजमा एक भिडियो सेयर गर्दै रंगशालाका कारण मानसिक यातना भोगिरहेको गुनासो गरेका थिए ।