१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत १६ बिहीबार १२:२८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

तनहुँ १ मा भट्टराई र चितवन २ मा श्रेष्ठ कांग्रेसका उम्मेदवार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत १६ बिहीबार १२:२८:००

वैशाख १० मा हुने उपनिर्वाचनमा कांग्रेसले तनहुँ १ गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। यस्तै, बैठकले चितवन २ मा जितनाराउण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए। 

बारा २ मा भने १९ गते पुनः बैठक बसेर निर्णय लिइने उनले जानकारी दिए । ‘बारा  क्षेत्रको हकमा भने १९ गते केन्द्रीय कार्यसमिति र संसदीय समितिको बैठक बसेर त्यही दिन थप छलफल गरेर निर्णय गर्ने निर्णय भएको छ,’ महतले भने ।