Skip This
नि:शुल्क आँखा परीक्षण 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत १४ मंगलबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत १४ मंगलबार o८:४७:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

नि:शुल्क आँखा परीक्षण 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत १४ मंगलबार o८:४७:oo

नेपाल पत्रकार महासंघको स्थापना दिवसको अवसरमा पत्रकारहरूको नि:शुल्क आँखा जाँच गरिएको छ । विभिन्न आँखा अस्पतालसँगको सहकार्यमा पत्रकार महासंघ र यसका शाखाहरूले नि:शुल्क आँखा जाँच गर्ने व्यवस्था मिलाएका हुन् । 

त्रिभुवन विश्वविद्यालय–नेपाल नेत्रज्योति संघ कीर्तिपुर आँखा अस्पताल तथा अध्ययन केन्द्रको सहायतामा महासंघको केन्द्रीय कार्यालयमा आयोजित आँखा शिविरमा दुई सय ५० जनाले आँखा परीक्षण गराएका छन् ।

त्यसमध्ये आँखामा समस्या भएका करिब ६० जनालाई चस्मा वितरण गरिएको छ । त्यसबाहेक थप समस्या भएकालाई अस्पतालमा फलोअप गर्ने व्यवस्था गरिएको महासंघले जनाएको छ । सामान्य समस्या देखिएकालाई आँखामा राख्ने औषधिसमेत वितरण भएको महासंघका महासचिव रोशन पुरीले जानकारी दिए ।