
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा संसदमा प्रस्तुत टिआरसी र संवैधानिक परिषद्सम्बन्धी विधेयकलाई चाडो निष्कर्ष पुर्याउने विषय र नयाँ नियमावलीको विषयमा छलफल भएकाे थियाे ।
सैद्धान्तिक छलफल सकिएलगत्तै संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा संशोधन प्रस्ताव राख्न ७२ घन्टाको समय छुट्याइएको थियो।
आइतबार सैद्धान्तिक छलफलमा सत्तापक्षमा रहेका अन्य दलहरूले शान्तिसम्झौता र सर्वोच्च अदालतले गरेको निर्देशनलाई समेत ध्यान दिएर कानुन बनाइने बताएका छन् । एमाले, राप्रपा र नेमकिपाले संशोधनमा जोड दिएका छन् । प्रतिनिधिसभा वेबसाइटमार्फत सर्वसाधारणले पनि संशोधन राख्न पाउनेछन् ।