१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार o७:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार

सर्लाहीमा नक्कली नोटको बिगबिगी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o७:१२:oo

 गत शनिबार साँझ करिब साढे ८ बजेतिर सर्लाहीको लालबन्दीमा रहेको एक खाजा घरमा होचो कद भएका एक व्यक्तिले गुजुमुज्ज पारिएको पाँच रुपैयाँको नोट दिएर एक प्याकेट गुट्खा खरिद गरे । हतारमा देखिएका ती व्यक्ति गुट्खा लिएर हिँडे ।

भोलिपल्ट बिहान पसल सञ्चालक सिर्जना आचार्यले कन्तुरमा रहेका नोट मिलाई गन्ती गर्न लाग्दा गुजुमुज्ज पारिएको नोट खोलिन् । उनी छक्क परिन् । त्यो हातले कोरेर बनाएको नक्कली पाँच रुपैयाँको नोट थियो । त्यसअघि मोटरसाइकल चढेर आएका एक व्यक्तिले दुई सय रुपैयाँ मूल्य पर्ने बियर किनेर हजारको नोट दिएका थिए । त्यो पनि नक्कली फेला पर्‍यो ।

लालबन्दी नगरपालिका– ९ मा रहेको एसियन डिपार्टमेन्टल स्टोरमा एक व्यक्तिले सय रुपैयाँको सामान खरिद गर्दा हजार रुपैयाँको नोट दिए । स्टोर सञ्चालक आशा पौडेलले सामानसँगै नौ सय रुपैयाँ फिर्ता दिइन् । तर, त्यो पनि नक्कली भएको पुष्टि भयो । ‘सय रुपैयाँको सामान मात्र होइन, नक्कली हजार दिएर सक्कली नौ सय रुपैयाँ लिएर गए । उनले ती व्यक्तिले निकै समय लगाएर सामान खरिद गरेको र सिसिटिभी क्यामेरामा कैद रहेको जानकारी दिइन् ।

ad
ad