मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत १२ आइतबार १०:४६:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

चलचित्र निर्देशक समाजको अध्यक्षमा पराजुली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत १२ आइतबार १०:४६:००

नेपाल चलचित्र निर्देशक समाजको अध्यक्षमा जनकराज पराजुली चयन भएका छन् । शनिबार काठमाडौंमा सम्पन्न समाजको १५औँ महाधिवेशनबाट उनी नयाँ अध्यक्ष चयन भएका हुन् । त्यस्तै, समाजको उपाध्यक्षमा सुभाष गजुरेल र दीपशिखा खड्का चयन भएका छन् भने महासचिवमा अरुण प्रधान चयन भएका छन् ।  

सचिवमा देवेन्द्र पाण्डे चयन भएका छन् । त्यस्तै, कोषाध्यक्ष समुद्र भट्ट निर्वाचित भएकी छन् । सह–कोषाध्यक्ष राज बस्न्यात निर्वाचित भएका छन् । त्यस्तै, सदस्यहरूमा दीपक वली, सौरभ चौधरी, अम्बर ओली, सत्यराज चौलागाईं, उत्सव केसी, अमृतमान महर्जनलगायत निर्वाचित भएका छन् ।