Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
गणेश लम्साल विराटनगर
२०७९ चैत ११ शनिबार २२:३४:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

भुटानी क्लबलाई पराजित गर्दै एपिएफ सेमिफाइनलमा 

विराट गोल्डकप

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७९ चैत ११ शनिबार २२:३४:००

विराटनगरमा जारी विराट गोल्डकपको सातौँ संस्करणको शनिबारको खेलमा भुटानलाई पराजित गर्दै एपिएफ फुटबल विजयी भएको छ ।

रोमाञ्चक प्रतिस्पर्धात्मक खेलमा साविक बिजेता एफिएफ भुटानको डुक लयोग एएफसी क्लब टिमलाई पराजित गर्दै विजयी भएको हो । विजयी टिम एपिएफ सेमिफाइनलमा प्रवेश गरेको छ । 

सुरुदेखि नै जित सुनिश्चित गराउन आक्रमक खेलमा एफिएफ र भुटानको डुक एफसीका खेलाडी उत्रिएका थिए । खेल सुरु भएको तेस्रो मिनेटमा एपिएफका सविन थापाले गोल गरी टिमलाई अग्रता दिए । 

सविन थापाले ३० यार्डदेखि निकालिदिएको पास युवराज खड्काले हेडरमार्फत गोलमा परिणत गरेका थिए । सुरुवातमै गोल खाएर घाइते भएपछि आक्रमक रूपले प्रस्तुत भएको भुटानी टिमका फोफोना इब्रहिमले पहिलो हाफको ३३औँ मिनेटमा  गोल गरी खेल १–१ बराबरीमा ल्याए ।  

एफिएफले पटकपटक भुटानी क्लबविरुद्ध गोल गर्ने अवसर सृजना गरे भुटानका गोलरक्षक हरि गुरुङले सुन्दर बचाउ गरिरहे । भुटानले पनि गोल गर्ने प्रशस्त अवसर सिर्जना गर्यो । तर, उसले पनि गोल गर्न सकेन ।

तर, एफिएफले खेलको ८८औँ मिनेटमा फ्रिकिकमा प्राप्त अवसरलाई गोलमा परिणत गर्दै खेल आफ्नो पक्षमा पार्यो । 

थपिएको समयमा अरमान बेजोङले थप गोल गर्दै एपिएफको जित सुनिश्चित गरे । आइतबार नेपालको संकटा फुटबल क्लब र भारतको कलकत्तास्थित लुका फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।