Skip This
नेपाली गजल गायनमा नौलो प्रयास : आठ गजलकारको एकल गजल
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत ११ शनिबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ चैत ११ शनिबार o७:२७:oo
Read Time : > 1 मिनेट
साहित्य डिजिटल संस्करण

नेपाली गजल गायनमा नौलो प्रयास : आठ गजलकारको एकल गजल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ चैत ११ शनिबार o७:२७:oo

अमेरिकामा रहेर नेपाली गजलको क्षेत्रमा क्रियाशील ‘गजलयात्रा’को अगुवाईमा नेपाली गजल गायनमा नयॉं प्रयोग भएको छ ।  यौटै गजलमा ८ फरक गजलकारहरुको १/१ शेर समावेश गरेर तयार गरिएको सांगीतिक गजल ‘तिमीलाई हेर्दाहेर्दै‘  मार्च ३ मा गजलयात्राको युटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।

अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्दै आएका ८ गजलकारको उक्त संयुक्त गजलमा संगीत र गायन भने गायक तथा संगीतकार केशव पौडेलको र एरेन्ज जुगल डंगोलको छ । गजलकार आनन्द श्रेष्ठको मतला रहेको सो गजलमा पवन लामिछाने, कृष्ण कुसुम, रोहित राना, गोवर्धन पूजा, डिल्लु चम्लागाई, बासुपुष्पा अधिकारी र सतीश त्रिपाठीका शेर समावेश छन् । 

‘हामी सधैं नयॉं केहि गरौं भनेर लागिरहेका हुन्छौं, त्यहि क्रममा यो काम गरिएको हो ।’ गजलयात्राका संस्थापक मध्येका एक गजलकार पवन लामिछानेले भने  ‘कोरोनाको त्रासदीपूर्ण समयमा हामी नजिकका साथीहरु यौटा शेर लेख्दै बॉंकी शेर थपेर गजल पुरा गर भनेर फ़ेसबुक समुहमा पालैपालो राख्थ्यौं र यौटा गजल पुरा गर्थ्यौं । त्यहि बिचमा १/१ शेर गजल वाचन गरिएको भिडियो हरु बनाएर अपलोड गर्यौं । पछि सबैको सल्लाहमा यौटा सॉंगीतिक गजल नै तयार गर्ने योजना बन्यो । मलाई लाग्छ नेपाली गजल गायनको इतिहासमा यो बिल्कुलै नयॉं प्रयोग हो । गजलको क्षेत्रमा भैरहेको गुटबन्दि र आरोप पत्यारोप चलिरहेको समयमा यस प्रकारको सहकार्यले नेपाली गजल क्षेत्रमा सकारात्मक शन्देश दिनेछ भन्ने आशा गरेका छौं ।’ 

सार्वजनिक भएको लिरिकल भिडियो ‘एक शेर गायन’ अभियानका संयोजक समेत रहेका गजलकार पवन लामिछानेले तयार गरेका हुन् ।

तिमीलाई हेर्दाहेर्दै रातै बितोस् सहन्छु म
बत्ति पनि घरि बलोस् घरि निभोस् सहन्छु म।
आनन्द श्रेष्ठ 

फूलै फूलको बगैंचामा बस्ने मेरो चाहा छैन 
तिम्रो दिलमा बस्न पाए काँडै बिझोस् सहन्छु म। 
पवन लामिछाने

सारा संसार भुलिदिएँ,तिम्रो प्रेममा डुबेपछि 
दुनियाँले पागलप्रेमी भने भनोस् सहन्छु म। 
 कृष्ण कुसुम

तिमीलाई पाउन म त आफैसँग हार्न सक्छु 
चाहे आँधी आवोस् चाहे हुरी चलोस् सहन्छु म। 
रोहित राना

आँखा छेउ बस्छु भन्थ्यौ, पूरै मुटु सुम्पेको छु 
वचनको त के कुरा भो ! ज्यानै जावोस् सहन्छु म।
गोवर्धन पूजा

आँफैसँग टाढा हुन्छु तिमीदेखि टाढा हुँदा 
नजिक हुँदा दुनियाँले बिर्से बिर्सोस् सहन्छु म 
डिल्लु चम्लागाई

मेरो खुशी भन्नु तिमी, मेरो प्राप्ती मात्रै तिमी 
जिन्दगीले तिमी बाहेक सबै खोसोस् सहन्छु म ।
बासुपुष्पा अधिकारी

नबिथोल आजको रात पूर्ण  हुने तयारमा छु 
भोलिदेखि नचिने झैं गर्नु परोस् सहन्छु म
सतीश त्रिपाठी