Skip This
मुख्यमन्त्रीलाई कांग्रेसले विश्वासको मत दिन्छ : बहादुरसिंह लामा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत १० शुक्रबार
  • Friday, 26 July, 2024
२o७९ चैत १० शुक्रबार १५:o७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मुख्यमन्त्रीलाई कांग्रेसले विश्वासको मत दिन्छ : बहादुरसिंह लामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ चैत १० शुक्रबार १५:o७:oo

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई कांग्रेसले विश्वासको मत दिनेकाे भएको छ। 

प्रदेश सभाको शुक्रबारको बैठकमा बोल्दै कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले मुख्यमन्त्री जम्कट्टेलमाथि कांग्रेसको विश्वास रहेको जानकारी गराएका छन्।

उनले कांग्रेसले विगतमा पनि मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिएको स्मरण गराउँदै आज पनि कांग्रेसको मुख्यमन्त्री जम्कट्टेलमाथि विश्वास रहेको सदनलाई जानकारी गराएका हुन्।

उनले मुख्यमन्त्री जम्कट्टेललाई संघीयताको कार्यान्वयन गर्न र संसद्प्रति उत्तरदायी रहँदै जनाताको भरोसा जोगाउन कांग्रेसले विश्वासको मत दिएको दाबी गरे। 

उनले कांग्रेस आवेग र उत्तेजनामा नभई विवेक र चेतनामा चल्ने पार्टी भएकाले विरोधका लागि विरोध मात्रै नगर्ने भएकाले हिजो पनि र आज पनि विश्वासको मत दिएको स्पष्ट पारे। 

नेता लामाले केही समयअघि माओवादी केन्द्र र एमालेसहित बनेको गठबन्धन सत्ता र स्वार्थका लागि बनेको आरोप लगाउँदै लामो समय टिक्न नसकेको दाबी गरे।

उलने आफूअनुकूल हुँदा ठीक र प्रतिकूल हुँदा बेठीक भन्ने गलत मानसिकताबाट बाहिर आउन एमालेलाई आग्रह गरे।

बैठकमा बोल्दै गर्दा एमालेका नेता जगन्नाथ थपलियाले एमाले र माओवादीबीचको गठबन्धन कांग्रेसको चलखेल र वैदेशिक हस्तक्षेपका कारण ढलेको आरोप लगाएका थिए।
 
नेता थपलियालाई जवाफ दिँदै कांग्रेस नेता लामाले प्रदेश सरकारको नेतृत्वमा कुनै बाहिरी शक्तिले हस्तक्षेप नगरेको भन्दै एमालेलाई अर्थहीन आरोप नलगाउन चेतावनी पनि दिए।

उनले कांग्रेस देश र जनताको पक्षमा सदैव अडिग रहेको पार्टी भएको दाबी गर्दै कांग्रेस कसैको लहैलहैमा लागेर नहिँड्ने स्पष्ट पारे।