१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
मेलम्ची खानेपानी आयोजनाले निर्माण गरेको गोकर्णेश्वर नगरपालिकास्थित खानेपानी प्रशोधन केन्द्र ।
शिवहरि घिमिरे काठमाडाैं
२o८१ बैशाख २४ सोमबार o९:१७:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

मेलम्ची खानेपानीको शुल्क शतप्रतिशत बढ्दै

Read Time : > 1 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o९:१७:oo

उपभोक्ताले हाल १० हजार लिटर पानीको मासिक शुल्क सय रुपैयाँ तिरिरहेका छन्, अब दुई सय रुपैयाँ पुर्‍याइँदै

नयाँ पाइपलाइनबाट मेलम्चीको खानेपानी वितरण सुरु भएसँगै उपत्यकामा खानेपानीको मूल्य बढ्ने भएको छ । उपभोक्ताले अहिले प्रतिधारा (१० हजार लिटर) मासिक एक सय रुपैयाँ खानेपानीको शुल्क तिर्दै आएका छन् ।

मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका प्रोजेक्ट डाइरेक्टर राजेन्द्र सापकोटाले हालको शुल्क कम भएको भन्दै पानीको मूल्य बढाउन आवश्यक रहेको जानकारी दिए । उनका अनुसार सबैतिर अन्तिम परीक्षण सकिएपछि खानेपानीको मूल्य बढाइनेछ । ‘पुरानै शुल्कमा मेलम्चीको पाइपलाइनबाट खानेपानी वितरण गर्न सकिँदैन,’ उनले भने, ‘हाल मासिक सय रुपैयाँमा वितरण हुँदै आएको छ, अब कम्तीमा पनि दुई सय बनाउनुपर्छ ।’ शुल्क निर्धारणको जिम्मा काठमाडौं उपत्यका खानेपानी लिमिटेड र खानेपानी मन्त्रालयको रहेको बताए । फागुनदेखि सुरु भएको अन्तिम परीक्षण असारभित्र सक्ने लक्ष्य रहेको छ । परीक्षण सकिएपछि मात्रै खानेपानीको शुल्क बढाइनेछ । 

राजेन्द्र सापकोटा, प्रोजेक्ट डाइरेक्टर, मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय 
हालको खानेपानी शुल्क कम छ । नयाँ पाइप विस्तार भएको सबैतिर अन्तिम परीक्षण सकिएपछि शुल्क बढाइनेछ । पुरानै शुल्कमा मेलम्चीको पाइपलाइनबाट खानेपानी वितरण गर्न सकिँदैन । हाल मासिक सय रुपैयाँमा पानी वितरण गरिरहेका छौँ । अब कम्तीमा पनि दुई सय बनाउनुपर्छ ।

९० हजार घरमा धारा जडान लक्ष्य
मेलम्ची खानेपानी आयोजनाले उपत्यकाभित्र ९० हजार घरमा ९० हजार धारा जडानको लक्ष्य लिएको छ । त्यसका लागि अधिकांश ठाउँमा पाइपलाइन पनि बिछ्याइसकेको छ । हालसम्म २० हजार धारा जडान गरिसकिएको छ । बाँकी रहेको ७० हजार धारा जडान पनि अन्तिम परीक्षणपछि हुने आयोजनाले जनाएको छ । 

धारा जडान गरिएका स्थानमा अन्तिम परीक्षण सकिएपछि नियमित पानी वितरण गरिने मेलम्ची खानेपनी आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी)का प्रोजेक्ट डाइरेक्टर राजेन्द्र सापकोटाले बताए । उनले जुन क्षेत्रमा अन्तिम परीक्षण गरिसकिएको छ, त्यस क्षेत्रमा नयाँ पाइपबाटै पानी वितरण हुने पनि जानकारी दिए । 

मेलम्ची खानेपानी आयोजना विशेषतः चक्रपथभित्र सीमित छ । यसभित्र पनि केही मुख्य ठाउँहरूमा भर्खर पाइपलाइन बिछ्याउन थालिएको छ । कलंकी, महाराजगन्ज, बालुवाटार, धुम्बाराही, बाँसबारीलगायत ठाउँमा पाइप बिछ्याउने कार्य भइरहेको छ । वैशाखसम्म यी क्षेत्रमा पाइपलाइन बिछ्याइसक्ने लक्ष्य छ । त्यसपछि मात्रै यी क्षेत्रमा अन्तिम परीक्षण हुनेछ । 

१५ हजार धारामा मिटर जडान 
मेलम्ची खानेपानीको नयाँ धाराबाट पानी वितरणका लागि छुट्टै मिटर जडान गरिन्छ । हालसम्म १५ हजार धारामा मिटर जडान गरिएको छ । पिआइडीले मिटर जडानका लागि ठेकेदार नियुक्ति गरी ९० हजार मिटर खरिद गरिसकेको छ । हाल परीक्षण भइरहेका ठाउँमा १० दिनभित्र मिटर जडान गरिसक्ने पिआइडीका प्रोजेक्ट डाइरेक्टर सापकोटाले जानकारी दिए । नरेफाँट, कोटेश्वर, तिलगंगा, ललितपुर पाटन, खुसिबु, अनामनगर, बानेश्वरलगायत ठाउँमा अन्तिम परीक्षण सकिएको छ । चरण–चरणमा अन्तिम परीक्षण गर्ने र सोहीअनुसार नयाँ पाइपलाइनबाट खानेपानी वितरण गरिने पिआइडीले जनाएको छ । 

नयाँ पाइपलाइनबाट १४ चैतपछि मेलम्चीको पानी वितरण
मेलम्चीको नयाँ पाइपलाइनको परीक्षण सकिएपछि खानेपानी वितरण गरिनेछ । नयाँ पाइपलाइनमा अहिले अन्तिम परीक्षण भइरहेकाले १४ चैतपछि खानेपानी वितरण हुनेछ । हाल अधिकांश ठाउँमा केयुकेएलको पुरानै पाइपलाइनबाट पानी वितरण भइरहेको छ ।

ad
ad