१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत ८ बुधबार
  • Monday, 21 April, 2025
२o७९ चैत ८ बुधबार ११:४६:oo
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

चितवनमा विश्व कविता दिवस मनाइयो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ चैत ८ बुधबार ११:४६:oo

चितवनमा विश्व कविता दिवस मनाइएको छ । सम्पूर्ण किताब नारायणगढमा जम्मा भएर चितवनका कविहरूले यो दिवस मनाएका हुन् । सम्पूर्ण किताबमा उपस्थित भएका करिब ४० जना कविमध्ये अधिकांशले कविता सुनाएका थिए । कविहरूले नेपाली भाषासहित नेवारी, आसामी, संस्कृत र अंग्रेजी भाषामा कविता सुनाएका थिए ।

सन् १९९९ मा संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले हरेक मार्च २१ तारिखलाई विश्व कविता दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । नेपालमा सन् २००२ देखि कविता दिवस मनाउन थालिएको हो । चितवनमा भने ०६२ सालदेखि विश्व कविता दिवस मनाउन थालिएको अक्षर समूहका पूर्वअध्यक्ष भूपिनले बताए । त्यसपछि अक्षर समूहले नियमित रूपमा हरेक वर्ष मार्च २१ का दिन यो कार्यक्रम गर्दै आइरहेको उनले बताए ।

चार हजार वर्षअघि बेबिलोनमा पहिलो कविता रचना भएको मानिन्छ भने पाँच हजार ८४ वर्षअगाडि मुन्धुममा येहाङले येहाङ खाहुनु उपदेश, कविता वाचन गरेको पाइन्छ ।

अक्षर समूह चितवनसहित नेपाली लेखक संघ चितवन शाखा र भ्यु चितवनको आयोजनामा गरिएको कविता वाचन कार्यक्रममा पदम अर्याल, किसान प्रेमी, शोभना पौड्याल, डाक्टर हेमनाथ घिमिरे, विद्या भण्डारी चिराग, प्रशंसा पराजुली, विश्व सुवेदी, हेमराज खतिवडा, सिर्जन अविरल, दामोदर पौडेल, वैभवी कुँवर, वसन्त पराजुली, होमनाथ घिमिरे, डाक्टर एकनारायण पौड्याल, उपेन्द्र त्रिपाठी, हरि शर्मा, सरला जोशी, सावित्री गौतम, राजन गौतम, रामहरि श्रेष्ठ, उदय अधिकारी, विपिन पाठक, सिम्रन क्षेत्री, डाक्टर केशवराज चालिसे, भूपिन, ईश्वर कँडेल, सुरेन्द्र अस्तफल, बालकृष्ण थपलियालगायतले कविता वाचन गरेका थिए । अक्षर समूहका अध्यक्ष रमेश प्रभातको अध्यक्षतामा गरिएको कार्यक्रमलाई अक्षर समूह तथा नेपाली लेखक संघ चितवन शाखाका सचिव लेखराम सापकोटाले सहजीकरण गरेका थिए ।