
ठूलो मात्रामा लागुऔषधसहित कास्की प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका– १३ कुडहर बस्ने वर्ष ३० का कृष्ण हमाल रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखराबाट खटिएको संयुक्त प्रहरी टोलीले हमालको डेरा कोठाबाट डाइजापाम दुई सय सात एम्पुल, फेनारगन दुई सय सात एम्पुल र नुफिन दुई सय सात एम्पुल गरी जम्मा ६ सय २१ एम्पुल लागुऔषध बरामद गरेको विकले जानकारी दिए ।
पक्राउ परेका विकलाई कास्की जिल्ला अदालतबाट लागुऔषधसम्बन्धी मुद्दामा १५ दिन म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।