मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ चैत ७ मंगलबार
  • Thursday, 13 August, 2026
अमुल थापा काठमाडौं
२o७९ चैत ७ मंगलबार १६:३९:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

तस्बिरमा घोडेजात्राको रौनक 

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत ७ मंगलबार १६:३९:oo

चैत्र कृष्ण औँसीका दिन प्रत्येक वर्ष मनाइने घोडेजात्रा पर्व आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ।  विशेषगरी यो जात्रा काठमाडौं उपत्यकामा मनाइन्छ। 

जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा वास गर्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई खाने गरेको थियो । पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे। राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्न सक्ने भय स्थानीयवासीमा रहिरह्यो।

यसैकारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो। साथै सहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ। यसो गरेपछि वर्षभर बालबालिकालाई गुरुमापाबाट खतरा नहुने विश्वास राजधानीवासीमा छ। 

नेपाली सेनाका तर्फबाट टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरिएको छ।