मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत ३ शुक्रबार १५:५०:००
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

‘पुष्पपराग वर्ष सम्मान’ प्रजापतिलाई प्रदान गरिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत ३ शुक्रबार १५:५०:००

यस वर्षको पुष्पपराग सम्मान तथा पुरस्कार साहित्यकार रत्न प्रजापतिलाई प्रदान गरिने भएको छ । पुष्पपराग साहित्य प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्ने उक्त पुरस्कार ‘पुरस्कार छनोट समिति’को सिफारिसको आधारमा प्रजापतिलाई प्रदान गरिने भएको हो ।

त्यसैगरी नील–गंगा भाषा साहित्य पुरस्कार तथा सम्मान २०७९ शरदचन्द्र वस्ती, शुक्रमन्दिर लोकसाहित्य पुरस्कार तथा सम्मान सत्यकला राई, पद्मावती गीत, संगीत पुरस्कार तथा सम्मान हरिदेवी कोइराला र परममाया कृष्णप्रसाद थपलिया स्मृति पुरस्कार तथा सम्मान खेमनाथ दाहाललाई प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष डा. प्रदीपकुमार मैनालीले बताए ।

यसैगरी, तिलकुमारी खड्का स्मृति पुरस्कार तथा सम्मान शोभा दुलाललाई, कृष्णलाल–गोपिनी सिवाकोटी स्मृति पुरस्कार तथा सम्मान छेवाङ तेन्जिङ लामा र पुष्पपराग युवा साहित्यकार सम्मान डिल्लीप्रसाद मुल्तिहुनलाई प्रदान गरिनेछ ।

साहित्यमा योगदान गरेबापत प्रत्येक वर्ष एकजनालाई दिइने मानार्थ सदस्य भने यसपटक साहित्यकार डा. भोजराज घिमिरेलाई प्रदान गरिने भएको छ । पुरस्कार, सम्मानपत्र तथा सदस्यता प्रतिष्ठानको वार्षिकोत्सव कार्यक्रम चैत २५ गते प्रदान गरिने संस्थाका सचिव टी.एन. भट्ट  ‘विश्वामित्र’ले जानकारी दिए ।