१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत ३ शुक्रबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत ३ शुक्रबार ११:४४:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

‘शिवमसँग उपहार टन्न’ योजनाको मेगा लक्की ड्र सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत ३ शुक्रबार ११:४४:oo

शिवम् सिमेन्टद्वारा ‘शिवम्सँग उपहार टन्न’ उपहार योजनाको मेगा लक्की ड्र सम्पन्न भएको छ । कम्पनीले पत्रकार सम्मलेन गरी योजनाअन्तर्गत भाग्यशाली उपभोक्तातर्फ ३० जना तथा विक्रेतातर्फ ३० जना गरी ६० जना विजेताको नाम चयन गर्दै योजना सम्पन्न गरेको हो । 

उपहार योजनामा उपभोक्तातर्फ ४७ तोला तथा विक्रेतातर्फ ४७ तोला सुन उपहार राखिएको जनाइएको छ । उपभोक्तातर्फ प्रथम पुरस्कारबापत बागमती–पोखरा क्षेत्रबाट कृष्ण मानन्धर र उपत्यकाबाहिरबाट चञ्चल चौधरी ले  पाँच–पाँच तोला सुन प्राप्त गरेको जनाइएको छ ।

त्यस्तै, दोस्रो पुरस्कारअन्तर्गत शिवराम, युवराज कार्की, चन्दन सिंह र सुरेश गरी चारजनाले तीन–तीन तोला सुन तथा तेस्रो पुरस्कारअन्तर्गत विनोद आचार्य, नकुल पौडेल, शाह इन्जिनियरिङ कन्ट्रक्सन प्रालि, हेल्थ एन्ड हाइजनिक प्रालि, अरुण यादव तथा मनोज यादव गरी ६ जनाले दुई–दुई तोला सुन जित्न सफल भएको जनाइएको छ । चौथो हुने आठजनाले एक–एक तोला सुन तथा अन्य १० जनाले आधा–आधा तोला सुन जित्न सफल भएको कम्पनीले जनाएको छ । 

यसअघि भएका मासिक लक्की ड्रहरूबाट उपभोक्तातर्फ ६० जना तथा विक्रेतातर्फ ८० जना भाग्यशाली विजेतामध्ये चार जोडीले थाइल्याड भ्रमण, आठ जोडीले गोसाइँकुण्ड हेली टुर, २० जोडीले माउन्टेन फ्लाइट, २८ जनाले आधा केजी चाँदी, ३२ जनाले हिराको औँठी, १६ जनाले सुनको सिक्री, १६ जनाले सुनको औँठी र १६ जनाले दुई ग्राम सुनको सिक्का जितिसकेको जनाइएको छ । साथै, स्योर सट पुरस्कारमार्फत पनि दुई लाख २५ हजारभन्दा बढी ग्राहकले सुन, चाँदी तथा नगद उपहार जितेको कम्पनीले जनाएको छ ।