
नेकपा मााओवादी केन्द्र मधेस प्रदेश कमिटीले जातीय विभेद गर्ने गाउँपालिका अध्यक्षलाई कारबाही गर्न माग गरेको छ ।प्रदेश इन्चार्ज गणेश साहले विज्ञप्ति जारी गर्दै सिराहाको भगवानपुर गाउँपालिका अध्यक्ष उग्रनारायण यादवलाई कारबाही गर्न माग गरेका हुन् ।
गाउँपालिका अध्यक्ष यादवले आफ्नी दिवंगत आमाको १३औँ दिनको पुन्यतिथिमा आयोजना गरेको भोजमा दलित, गैरदलित र मुस्लिमलाई प्लेकार्ड नै टाँसेर खाना खाने स्थान छुट्याएर विभेद गरेका थिए ।
त्यसैगरी, वीरगन्ज महानगरपालिका– १७ मा हुन लागेको सप्त चण्डी महायज्ञमा दलितलाई प्रवेश निषेध गरेको विषयमा समेत माओवादीले आपत्ति जनाएको छ । उक्त विषयमा पर्साका प्रमुख जिल्ला अधिकारीलाई निवेदन दिँदा पनि कुनै सुनुवाइ नभएको विज्ञप्तिमा जनाइएको छ ।