सन् २०१९ देखि २०२० मा दक्षिणपूर्वी अस्ट्रेलियाको जंगलमा फैलिएको डढेलोले ओजोन तहलाई फराकिलो बनाउने रसायन निस्किएको एक नयाँ अध्ययनले देखाएको छ । डढेलोबाट निस्किने धुवाँका कणहरूले सूर्यको पराबैजनी विकिरणबाट ग्रहलाई जोगाउने पृथ्वीको सुरक्षात्मक तहलाई नष्ट गर्न सक्ने अध्ययनले देखाएको छ । सन् २०१९ को डिसेम्बरदेखि २०२० को जनवरीसम्म फैलिएको डढेलोले ३६ जनाको ज्यान लिनुका साथै तीन अर्बभन्दा बढी मानिस घाइते भएका थिए । लाखौँ एकडमा फैलिएको डढेलोले वायुमण्डलमा लाखौँ टन धुवाँ छोडेको थियो ।
अस्ट्रेलियाको सबैभन्दा विनाशकारी डढेलोका कारण निस्किएको धुवाँ ३० किलोमिटरसम्मको उचाइमा पुगेको गत हप्ता प्रकाशित अध्ययनले जनाएको छ । क्याम्ब्रिजको म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी ९एमआइटी० का वायुमण्डलीय रसायनशास्त्री केन स्टोनका अनुसार यो ओजोन तह समावेश गर्ने स्ट्र्याटोस्फियर ९पृथ्वीको वातावरणको पत्र० रहेको क्षेत्र हो ।
अध्ययनमा संलग्न अन्वेषकहरूले नयाँ रासायनिक प्रतिक्रिया पनि पहिचान गरे, जसमा धुवाँका कणहरूले ओजोनलाई अझ खराब बनाएको थियो । असर यति गम्भीर थियो कि ओजोन तहको तीनदेखि पाँच प्रतिशत अस्ट्रेलिया, न्युजिल्यान्ड, अफ्रिका र दक्षिण अमेरिकाका भागहरूमा मेटिएको थियो । यो अध्ययन उपग्रह तथ्यांकको विश्लेषणमा आधारित छ, जसले दक्षिण ध्रुवबाट टाढाको वायुमण्डलका क्षेत्रहरूमा अन्य वर्षको तुलनामा हाइड्रोक्लोरिक एसिडको स्तर विशेषगरी कम रहेको खुलासा गरेको छ ।
यो क्लोरोफ्लोरोकार्बनले छोडेको अवशेष क्लोरिन हो, जुन ओजोन तहका लागि हानिकारक छ । तर, जब हाइड्रोक्लोरिक एसिड पानीका थोपाहरूमा घुल्छ, यसले प्रतिक्रियाशील ओजोन–हटाउने अणुहरू बनाउँछ । यो घटना सामान्यतया ध्रुव वरपर देखिनेछैन, किनभने त्यहाँ धेरै तातो हावा छ । तर, स्याटेलाइट डाटाले धुवाँका कणहरूमा रहेका विभिन्न जैविक एसिडहरूले आगो लागेपछि हाइड्रोक्लोरिक एसिडको घुलनशीलतालाई कसरी परिवर्तन गरेको छ भन्ने देखाएको छ ।
अध्ययनका अर्का सहलेखक सुसान सोलोमनले हाइड्रोक्लोरिक एसिडले धुवाँका कणहरूसँग मिलेर आणविक क्लोरिन उत्पादन गरेको बताइन्, जुन अत्यधिक प्रतिक्रियाशील ‘ओजोन–खाने’ क्लोरिन परमाणुहरूमा टुक्रियो । ‘अब समयविरुद्ध दौड छ । आशा छ, जलवायु परिवर्तनसँगै आगलागीको आवृत्ति बढ्नुअघि क्लोरिनयुक्त यौगिकहरू नष्ट भइसकेका हुनेछन् । यो ग्लोबल वार्मिङ र यी क्लोरिनयुक्त यौगिकहरूबारे सतर्क रहनुको कारण हो,’ सोलोमनले भनिन् । अध्ययन नेचरमा प्रकाशित छ ।