१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १o:२८:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नर्भिकले मधुमेह सचेतना कार्यक्रम गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:२८:oo

थापाथलीमा रहेको नर्भिक इन्टरनेसनल हस्पिटलले मधुमेहका बिरामीलाई लक्षित गरी बृहत् निःशुल्क जनचेतना कार्यक्रम गर्ने भएको छ । अस्पतालले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ७ चैतमा कार्यक्रम गर्न लागेको हो । 

कार्यक्रममा उपस्थित हुनेहरूलाई अस्पतालले निःशुल्क सुगर लेभल जाँचको सेवासमेत उपलब्ध गराउने जनाइएको छ । अस्पतालकी विशेषज्ञ चिकित्सक डा. कामक्क्षा शाहले जनचेतनामूलक कार्यक्रमको नेतृत्व गर्ने र निःशुल्क परामर्श सेवा उपलब्ध गराउने अस्पतालले जनाएको छ ।  

एक महिनाअघि पनि अस्पतालले मधुमेहका बिरामीलाई लक्षित गरी बृहत् निःशुल्क जनचेतना कार्यक्रम आयोजना गरेको उल्लेख गरेको छ । उक्त कार्यक्रममा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको तथा त्यस्तै कार्यक्रम पुनः गर्नुपर्ने माग आएपछि त्यसलाई सम्बोधन गर्न अर्को कार्यक्रम राखिएको अस्पतालले जनाएको छ ।  

अस्पतालले लामो समयदेखि प्रत्येक शनिबार युरोलोजीको टिम परिचालन गरी निःशुल्क ओपिडी सेवासमेत सञ्चालन गर्दै आएको जनाएको छ । चाडपर्व, उत्सव तथा विशेष अवसरहरूमा अस्पतालले विभिन्न हेल्थ प्याकेज तथा स्किमहरू सार्वजनिक गर्दै छुटमा अस्पतालको सेवा लिन सकिने अफरहरूसमेत सार्वजनिक गर्दै आएको उल्लेख गरेको छ ।

ad
ad