मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ फाल्गुण २९ सोमबार
  • Monday, 10 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ फाल्गुण २९ सोमबार १७:५५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रपति पौडेललाई अमेरिकाकाे बधाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण २९ सोमबार १७:५५:oo

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई संयुक्त राज्य अमेरिकाले बधाई दिएको छ।

पौडेलले नयाँ राष्ट्रपतिका रूपमा जिम्मेवारी सम्हालेलगत्तै अमेरिकाका तर्फबाट काठमाडौंस्थित अमेरिकी राजदूतावासले आज उनलाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेको हो।

नवनिर्वाचित राष्ट्रपति पौडेलले आजै पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन्।

उनी यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए। नवनिर्वाचित राष्ट्रपति पौडेललाई राष्ट्रपतिको कार्यालय, शीतलनिवासमा आज आयोजित विशेष समारोहमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराएका हुन्।