१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १९:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

डोटीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भ्रष्टाचारी ठहर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १९:५५:oo

डोटीको केदारेश्वर उच्च माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर बोहाेरा भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। 

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा शालिग्राम कोइरालाको इजलासले बोहाेरालाई दोषी ठहर गर्दै जरिवाना हुने सजाय सुनाएको हो। 

विशेषका प्रवक्ता दीपेन्द्रनाथ योगीका अनुसार बोहाेरालाई चार लाख एक हजार रुपैयाँ रुपैयाँ बिगोबमोजिम जरिवाना हुने फैसला भएको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोहाेरामाथि ५ फागुन ०७६ मा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। उनले विद्यालयको रकम हिनामिना गरेको अभियोग लागेकोमा उक्त दाबी पुष्टि भएको हो। 

बोहाेराले जिल्ला शिक्षा कार्यालय डोटीबाट निकासा भएको ४१ लाख ५४ हजार रुपैयाँमध्ये सात लाख २९ हजार रुपैयाँ हिनामिना गरेको आरोप अख्तियारले लगाएको थियो। 

अख्तियारका अनुसार उनले छात्रवृत्ति र भवन निर्माणका क्रममा भ्रष्टाचार गरेको अभियोग लगाइएकोमा चार लाख रुपैयाँ जरिवाना तिराउने फैसला भएको हो। 

ad
ad