१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १२:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

एसइईपछि नगरभित्रै अध्ययन गर्नेलाई मासिक चार हजार छात्रवृत्ति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १२:३३:oo

गुल्मीको रेसुंगा नगरपालिकाले ९६ विद्यार्थीलाई छात्रवृत्ति वितरण सुरु गरेको छ। नगर कार्यपालिकाको बैठकले एसइईमा ३.२ भन्दामाथि जिपिए प्राप्त गर्ने विद्यार्थीलाई नगरभित्र कक्षा ११ र १२ अध्ययन गरे मासिक चार हजार दिने निर्णय गरेको थियो। सोहीअनुसार नगरभित्र कक्षा ११ मा अध्ययनरत महेन्द्र माविका २५, सिद्धबाबा माविका ३५ र रेसुंगा माविका ३२ विद्यार्थीलाई छात्रवृत्ति वितरण सुरु गरिएको नगरको शिक्षा शाखा अधिकृत विष्णुप्रसाद ज्ञवालीले जानकारी दिए।

उनीहरूले मासिक चार हजार र वार्षिक ४८ हजार रुपैयाँ प्राप्त गर्नेछन्। तीन किस्तामा विद्यार्थीहरूकै बैंक खातामा रकम जम्मा हुने व्यवस्था मिलाइएको ज्ञवालीले बताए। उनका अनुसार नगरमा ३.२ जिपिए माथि प्राप्त गर्ने एक सय ४६ विद्यार्थीमध्ये ९६ जना मात्र भर्ना भएका छन्। रेसुंगा नगरपालिकाले छात्रवृत्ति छनोट, वितरण तथा कार्यान्वयन कार्यविधि ०७९ बनाएको छ। यो सुविधाको लागि रेसुंगा नगरपालिकाकै विद्यालयमा पढेर एसइईपछि कक्षा ११ मा भर्ना भएको तथा रेसुंगा नगरपालिका स्थायी ठेगाना भएर बाहिरबाट एसइई दिए पनि नगरभित्रै कक्षा ११ भर्ना हुनुपर्नेछ।

रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले प्रतिभा पलायन रोक्ने, बसाइँसराइको दर कम गर्ने र नगरपालिकाभित्रका विद्यालयमा भर्ना दर बढाउने  उद्देश्यले  नयाँ शैक्षिक योजना सुरु गरिएको बताए। उनले उच्च शिक्षा र राम्रो स्वास्थ्य सुविधा नहुँदा थुप्रै नागरिकले गाउँ छोड्दै गएकाले त्यसलाई निरुत्साहित गर्न जरुरी रहेको बताए।

अध्ययनको सम्भावना भए पनि आर्थिक अवस्थाको कारण विद्यालय तथा क्याम्पस जान नसक्ने गरिब तथा जेहेन्दारहरूको लागि ठूलो सहयोग रहेको रेसुंगा माविको कक्षा ११ मा अध्ययनरत गृष्मा पाण्डेयले बताइन्।

ad
ad