१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण २४ बुधबार
  • Saturday, 29 June, 2024
२o७९ फाल्गुण २४ बुधबार १८:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

जग्गाको विषयमा विवाद हुँदा चक्कु प्रहार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ फाल्गुण २४ बुधबार १८:o२:oo

रुपन्देहीको कञ्चन गाउँपालिकामा जग्गाको विषयमा विवाद हुँदा एक व्यक्तिमाथि छुरा प्रहार भएको छ।

वडा नं ५ उत्तर भैँसाहीमा जग्गासम्बन्धी विवाद हुँदा ४० वर्षीय बाबुराम थारूले २६ वर्षका प्रेम थारूलाई चक्कु प्रहार गरेका प्रहरीले जनाएको छ।

छातीमा चक्कु लागेका प्रेम घाइते भएका छन्। दुवैजनाले मादक पदार्थ सेवन गरेका बताइएको छ। सूचनापछि इलाका प्रहरी कार्यालय रुद्रपुरको प्रहरी टोली घटनास्थल पुगेर घाइते प्रेमलाई उपचारको लागि अस्पताल पठाएको थियो।

चक्कु प्रहार गर्ने बाबुरामलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

ad
ad
ad
ad