१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख ३० आइतबार १o:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
साहित्य प्रिन्ट संस्करण

जीवन बदल्ने पुस्तक सुम्निमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १o:३o:oo

मेरो जीवनलाई प्रभावित पारेका पुस्तक थुप्रै छन् । तर, कतिपय यस्ता पुस्तक पनि छन्, जसले मेरो जीवनलाई नै परिवर्तन गरिदिएको छ । बिपी कोइरालाको सुम्निमा र हर्म्यान हेस्सेको ‘सिद्धार्थ’ले जीवनलाई हेर्नेको मेरो दृष्टिकोण नै बदलिदिएका छन् । 

मैले १९ वर्षको उमेर हुँदै सुम्निमा पढेको हुँ । यसमा शरीर र आत्माबारे कुरा गरिएको छ । आत्मा कहिल्यै मर्दैन, शरीर क्षणभंगुर हो । आत्मालाई जोगाउनु पर्दैन । आत्माको जन्म छैन, यसको मृत्यु पनि हुँदैन । रोग लाग्ने र मर्ने त शरीर हो । शरीरलाई जोगाउनुपर्छ, आत्मालाई केही गर्नुपर्दैन । यो फिलोसोफीले मेरो जीवनमा निकै ठूलो प्रभाव पारेको छ । त्यसैले पनि यो पुस्तक मलाई निकै मन पर्छ । 

हर्म्यान हेस्सेको ‘सिद्धार्थ’मा गोविन्द र सिद्धार्थ दुई पात्र छन् । सिद्धार्थले घर छाडेपछि साथीको प्रेमले गोविन्दले पनि घर छोड्छ । यसैबीच बुद्ध भेटेपछि गोविन्द बुद्धको पछि लाग्छ, तर सिद्धार्थ पछि लाग्दैन । बुद्धका फलोअर्स भिक्षु मात्रै हुन्छन् । बुद्धका ज्ञान अरूका लागि जानकारी मात्रै हो । ज्ञान आफैँभित्र हुन्छ भन्ने सन्देश यो पुस्तकले दिएको छ । 

बाल्यकालमा आमाले ‘गौरी’ खण्डकाव्य सुनाउनुभएको थियो । यसले मेरो बालमस्तिष्कमै प्रभाव पारेको थियो । मलाई लेखनाथ पौडेलको तरुण तपसी र डायमन्डशमशेर राणाको वसन्ती तथा सेतो बाघ पनि मन पर्छ । 

ad
ad