
सुनचाँदी बजारमा मंगलबार छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु. तीन सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रु. एक लाख दुई हजार आठ सयमा कारोबार भएको सुनको मूल्य आज रु. एक लाख दुई हजार पाँच सय तोकिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. एक लाख दुई हजार छ । यसको मूल्य अघिल्लो दिन रु. एक लाख दुई हजार तीन सय थियो ।
त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. १० ले घटेर रु. एक हजार दुई सय ६५ मा आएको महासंघले जनाएको छ । महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीकाे मूल्य तोक्दै आएको छ ।