१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण २१ आइतबार
  • Sunday, 11 May, 2025
न्युयोर्क
२o७९ फाल्गुण २१ आइतबार o८:५५:oo
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

विश्व बैंकले भारतलाई एक अर्ब डलर ऋण दिने

Read Time : < 1 मिनेट
न्युयोर्क
नयाँ पत्रिका
२o७९ फाल्गुण २१ आइतबार o८:५५:oo

विश्व बैंकले भारतलाई महामारीको पूर्वतयारी र स्वास्थ्य सेवा प्रवाहमा वृद्धिका लागि देशको स्वास्थ्य क्षेत्रमा सहयोग गर्न एक अर्ब अमेरिकी डलर ऋण उपलब्ध गराउने भएको छ । भारत सरकार र विश्व बैंकबीच शुक्रबार हस्ताक्षर भएको सम्झौतामा उक्त ऋण समावेश छ ।

‘यी दुई परियोजनाले भविष्यमा हुने महामारीविरुद्ध देशको स्वास्थ्य प्रणालीको लचिलोपन र तयारी बढाउने भारतको निर्णयलाई समर्थन गरिरहेका छन्,’ बैंकका भारतस्थित कन्ट्री डाइरेक्टर अगस्टे तानो कोउमले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ ।

विश्व बैंकका अनुसार ५० करोड डलरको महामारी तयारी कार्यक्रमले सम्भावित अन्तर्राष्ट्रिय चासोका महामारीहरू पत्ता लगाउन, द्रुत प्रतिक्रिया सुनिश्चित गर्न र रोगजन्य समस्याहरूको उदय रोक्नका लागि भारतको निगरानी प्रणाली तयार गर्न भारत सरकारको प्रयासलाई समर्थन गर्नेछ ।

यसले जुनोटिक रोगलगायत भाइरस पत्ता लगाउने भारतको क्षमतालाई पनि बढाउनेछ । त्यस्तै यसले भारतको जैविक–सुरक्षा प्रतिक्रिया र संक्रामक रोगहरूको रोकथाम, पहिचान वा उपचारका लागि नयाँ प्रविधिहरूको व्यवसायीकरणलाई सूचित गर्नेछ ।