१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ३ बिहीबार १o:४९:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

लागुपदार्थ सेवन गरी सवारी चलाउने ११ जना चालक पक्राउ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १o:४९:oo

काठमाडौंको नागढुंगामा गरिएको विशेष चेकिङका क्रममा लागुऔषध सेवन गरी सवारीसाधन चलाउने ११ जना चालकलाई शुक्रबार‍ राति प्रहरीले नियन्त्रणमा लिएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, नेपाल प्रहरी अस्पताल, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुंगाको संयुक्त टोलीले शुक्रबार राति १० बजेदेखि साढे ११ बजेसम्म २५वटा सवारीसाधनका चालकलाई चेक गर्दा ११ जनाले लागुपदार्थ सेवन गरी सवारी चलाएको पाइएको थियो। 

पक्राउ पर्नेहरूमा बा २ ख १२४४ नम्बरको हायसका चालक धादिङका २६ वर्षीय ईश्वर श्रेष्ठ, ग १ ख २७७२ नम्बरको हायसका चालक धादिङकै २६ वर्षका नारायण परियार, बा २ ख २०७४ नम्बरको हायसका चालक धादिङकै ३२ वर्षीय विकास मिजार, ग १ ख २९५९ नम्बरको हायसका चालक गोरखाका २९ वर्षीय नरेश गुरुङ, ग १ ख २९५७ नम्बरको हायसका चालक बाराका ३८ वर्षीय रामप्रसाद आचार्य, ग १ ख २८१९ नम्बरको हायसका चालक कास्कीका २६ वर्षीय नवीन विक, प्रदेश २-०३(००१ ख ०५१९ नम्बरको बसका चालक सर्लाहीका २३ वर्षीय नजाम हुसेन, बा ८८ प २४७५ नम्बरको मोटरसाइकलका चालक भोजपुरका ४० वर्षीय श्यामकुमार तिरुवा, ना ७ ख ६२२४ नम्बरको ट्रकका चालक ४० वर्षीय बाराका जयराम साह तेली, ना ४ ख ७१९५ नम्बरका ट्रकका चालक ललितपुरको गोदावरी ३ का ३४ वर्षीय बिक्रम दमाईं र बा ४ ख ६२९ नम्बरको टिपरका चालक धादिङका २५ वर्षीय अशोक घिमिरे रहेकाे प्रहरीले जनाएकाे छ।

लागुऔषध सेवन गरी सवारीसाधन चलाइहेको अवस्थामा फेला परेका ११ जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी प्रभाग बलम्बु पठाइएको छ। उनीहरूलाई थुनामा राखेर लागुऔषध सेवनको मुद्दा चलाइने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।

मादकपदार्थ सेवन गरी सवारीसाधन चलाउने चालकहरूलाई लामो समयदेखि नै ट्राफिक प्रहरीले कारबाही गर्दै आए पनि पछिल्लो समय लागुऔषधसमेत सेवन गरेर सवारीसाधन चलाउने चालकहरू भेटिन थालेपछि लागुऔषध चेकजाँच अभियानलाई तीव्रताका साथ अगाडि बढाइएको छ। आउँदै गरेको होलीको दिन पनि व्यापक रूपमा लापसे र मापसे चेकिङ गरिने प्रवक्ता भट्टले जानकारी  दिए।

 

ad
ad