Skip This
ad
कुमारी बैंकका ग्राहकले ल्यान्डमार्क होटेल एन्ड रिसोर्टमा छुट पाउने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २६ बुधबार o८:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

कुमारी बैंकका ग्राहकले ल्यान्डमार्क होटेल एन्ड रिसोर्टमा छुट पाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार o८:१५:oo

कुमारी बैंक लिमिटेडका ग्राहकले ल्यान्डमार्क होटेल एन्ड रिसोर्टमा सेवा लिएबापत छुट पाउने भएका छन् । बैंकका ग्राहकलाई छुट दिने विषयमा बैंक र रिसोर्टबीच समझदारी भएको हो ।  

डिजिटल कारोबारमा ग्राहक आकर्षित भइरहेकोे अवस्थालाई ध्यान दिँदै आफ्ना ग्राहकलाई डिजिटल कारोबारमा प्रोत्साहन गर्नका निमित्त बैंकले रिसोर्टका काठमाडौं, चितवन र पोखराका शाखाहरूमा छुटको व्यवस्था गरेको जनाएको छ । 

समझदारीअनुसार कुमारी बैंकका डेबिट–क्रेडिट कार्डवाहक ग्राहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले ल्यान्डमार्क होटेल एन्ड रिसोर्टबाट लजिङ र फुडिङ शुल्कमा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने जनाइएको छ । बैंकले हाल देशभरमा तीन सय चार शाखा, दुई सय ९४ एटिएम, ६२ शाखारहित बैंकिङ इकाइ तथा ४९ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिइरहेको जनाएको छ ।

ad
ad