१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २५ मंगलबार १८:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

पपुवा न्युगिनीविरुद्ध नेपाल विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १८:४५:oo

आइसिसी पुरुष विश्वकप लिग– २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलाको पहिलो म्याचमा नेपाल विजयी भएको छ।

युएईस्थित दुबई अन्तर्राष्ट्रिय मैदानमा भएको खेलमा पपुवा न्युगिनीलाई चार विकेटले पराजित गर्दै नेपालले जित हात पारेको हो। पपुवा न्युगिनीले दिएको २०४ रनको लक्ष्य नेपालले ६ विकेटको क्षतिमा ४५.२ ओभरमा पूरा गर्‍यो। 

नेपालकाे जितमा कुशल भुर्तेलले ६९ बलमा ५६ रन बनाउँदा आसिफ सेखले ३९ बलमा २२ रनको योगदान गरे। त्यसैगरी, आरिफ सेखले ३३, दीपेन्द्रसिंह ऐरीले २२, रोहित पौडेलले २० र कुशल मल्लले १२ रन जोड्दा ज्ञानेन्द्र मल्ल र सोमपाल कामीले क्रमशः ४ र ५ रन मात्र बनाउन सके।

यसअघि ब्याटिङ गरेको पपुवा न्युगिनीले ९ विकेटको क्षतिमा २०३ रन बनाएको थियो। नेपालका लागि गुल्सन झाले तीन, कुशल मल्लले दुई तथा सोमपाल कामी, करण केसी र प्रतिस जिसीले समान एक–एक विकेट लिए। एक ब्याटरलाई कुशल मल्लले रनआउट गरे।

ad
ad