मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
जोसेफ इ. स्टिग्लिज
२०७९ फाल्गुण १४ आइतबार ११:३६:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

स्वतन्त्रता शब्दलाई अपहरणमुक्त गराऔँ

Read Time : > 2 मिनेट
जोसेफ इ. स्टिग्लिज
२०७९ फाल्गुण १४ आइतबार ११:३६:००

आफूलाई अमेरिकाको सच्चा पहरेदार भनेर चिनाउने रिपब्लिकन पार्टीले आफूलाई ‘स्वतन्त्रता’को सबैभन्दा ठूलो रक्षकका रूपमा चिनाउँछ । व्यक्तिले हतियार बोक्नु, घृणास्पद भाषण गर्नु, खोप र मास्क बहिष्कार गर्नुलाई यो पार्टीले स्वतन्त्रता मान्छ । यही प्रवृत्ति ठूला कम्पनीमा पनि देख्न सकिन्छ अर्थात् यी कम्पनीका गतिविधिले पृथ्वीलाई विध्वंस नै गरे पनि वा जलवायुमा स्थायी परिवर्तन नै ल्याए पनि यिनले ‘खुला बजार’को राग अलाप्न छाड्दैनन् । यिनले अर्थ व्यवस्था नै टाट पल्टे पनि बैंकलगायत अन्य वित्तीय संस्थालाई नियमनबाट ‘स्वतन्त्र’ पार्नुपर्छ भनेर पैरवी गर्न छाड्दैनन् । 

सन् २००८ को वित्तीय संकट, कोभिड महामारी र जलवायु संकटमा भइरहेको वृद्धिले ‘स्वतन्त्रता’को उल्लिखित अवधारणा अहिलेको समयमा अनुचित र सतही भइरहेको छ । अझै पनि ‘स्वतन्त्रता’को यो बुझाइलाई नै सही भन्ने कि अत्यधिक संकीर्णताले ग्रसित छन् वा अकुत कमाउने लक्ष्य राख्छन् । अर्थात् २०औँ शताब्दीका महान् दार्शनिक इसाही बर्लिनको भाषामा ‘ब्वाँसाका लागि स्वतन्त्रता भनेको मूलतः भेडाको मृत्यु हो’ । अर्काे भाषामा भन्दा कसैका लागि स्वतन्त्रता कसैका लागि दासता हुन सक्छ । 

अमेरिकामा अहिले विद्यालय वा सपिङ सेन्टरमा सम्भावित गोलाबारीको मूल्य चुकाएर बन्दुक बोक्ने स्वतन्त्रता छ । बन्दुक बोक्ने स्वतन्त्रताको मूल्य हजाराैँ मानिस विशेषतः बालबालिकाको मृत्युले चुकाएको छ । र, करोडौँ अमेरिकीले ३२औँ राष्ट्रपति फ्र्यांकलिन डिलानो रुजभेल्टले भन्ने गरेको भयबाट स्वतन्त्रता पनि गुमाइरहेका छन् । समाजमा निरपेक्ष स्वतन्त्रता भन्ने हुँदैन ।

विभिन्न किसिमका स्वतन्त्रतालाई सन्तुलन गर्नुपर्ने हुन्छ । अर्थात्, हतियार बोक्ने स्वतन्त्रताले मानिसको बाँच्ने स्वतन्त्रता खोस्नु हुँदैन । अहिलेको जटिल आधुनिक समाजमा एकजनाको हर्कतले अरू कैयौँलाई बेहिसाब ढंगले असर गर्न सक्छ, जबकि यस्ता हर्कत गर्नेलाई केही फरक नपर्न सक्छ । सामाजिक सञ्जालले झुटा एवं मिथ्या सूचनाले हाम्रो ‘सूचना पारस्थितिकीय प्रणाली’लाई निरन्तर रूपमा प्रदूषित गर्दै आएका छन् । उसो त यी सञ्जालले आफूलाई तटस्थ मञ्च बताउँछन् तर यिनका अल्गोरिदमले समाजलाई हानि पुर्‍याउने सामग्रीलाई प्रोत्साहन गरिरहन्छन् । यस क्षतिको मूल्यमा यिनले वर्षमा अरबौँ डलर नाफा कमाइरहेका छन् । अहिले अमेरिका र विश्वभरका अन्य मुलुकले अनलाइन माध्यमलाई जवाफदेही बनाउन बहस गरिरहेका छन् । 

अर्थशास्त्रीका लागि स्वतन्त्रताको प्राकृतिक मापन व्यक्तिको सामथ्र्य एवं क्षमताले निर्धारण गर्छ । मानिससँग ‘अवसरका सूची’ जति धेरै हुन्छन्, त्यति नै मानिसले स्वतन्त्रताको उपभोग गर्छ । त्यसैगरी कैयौँ दिनको भोको मानिस, जो एक छाकका लागि जे पनि गर्ने परिस्थितिमा हुन्छ, त्यस्ता मानिससँग वास्तवमा स्वतन्त्रता हुँदैन । यो कोणबाट हेर्दा स्वतन्त्रता व्यक्तिको सामथ्र्य आकलन गर्ने एक आयाम हो । यस अर्थमा अवसरका सूची निकै कम भएको समाज अर्थात् गरिबी एवं असमानताले ग्रस्त समाज स्वतन्त्र हुँदैन । 

अवसरको सूची छोटो भएको समाज अर्थात् गरिबी एवं असमानताले ग्रस्त समाज स्वतन्त्र हुँदैन 

सबै मानिसका लागि अवसरका सूची वृद्धि गर्ने शिक्षा, पूर्वाधार र आधारभूत शोध–अनुसन्धानजस्ता सार्वजनिक क्षेत्रमा लगानी गर्दा सबैको स्वतन्त्रतामा सुधार हुन्छ । तर, यी लगानीका लागि कर तिर्नुपर्ने हुन्छ र लोभलाई महत्व दिने समाजमा लगानीकर्ता यी क्षेत्रमा लगानी गर्दैन । 

यो एक शास्त्रीय सामूहिक पहलको समस्या हो । निःसन्देह सबैलाई कर तिर्न बाध्य पारेर मात्र सार्वजनिक क्षेत्रमा लगानी गर्न आवश्यक राजस्व उठाउन सकिन्छ । सौभाग्यवश सबै व्यक्तिलाई बाध्य बनाई समाजका लागि लगानी गर्न लगाउँदा त्यसले समाजलाई लाभदायी नतिजा दिन्छ । यस्ता समाजमा मानिसका व्यक्तिगत, पारिवारिक र बाँकी सबैका लागि बृहत् अवसरको सूची बढ्ने गर्छ । यो अवस्थामा बाध्यकारी काम पनि स्वन्त्रताको स्रोत बन्न सक्छ । 

नवउदारवादी अर्थशास्त्रीले लामो समयदेखि अर्थतन्त्रलाई ‘स्वतन्त्र’ गर्ने नाममा उल्लिखित तर्कलाई बेवास्ता गर्दै आएका छन् र उनीहरू कर्पाेरेट कर र नियमनलाई बोझका रूपमा हेर्दै आएका छन् । जबकि यी नवउदारवादी आफैँ सार्वजनिक खर्चबाट लाभान्वित भएका छन् ।

नाओमी ओरेस्केस र एरिक एम. कोनवेको पछिल्लो पुस्तक द बिग मिथमा व्यापारिक स्वार्थ समूहले अमेरिकी जनतालाई सरकारको उग्र विरोधका निमित्त प्रोत्साहित गराएर दोस्रो विश्वयुद्धपछि विकसित पुँजीवादको ‘स्वतन्त्र बजार’ अवधारणलाई अँगाल्न अभिप्रेरित गरिरहेका छन् । ‘स्वतन्त्रता’ एक लोकार्षक नारा हो । निजी, सार्वजनिक, सहकारी, स्वेच्छिक संस्थाले बनेको हाम्रो जटिल अर्थतन्त्रलाई व्यापारी र तिनका सहयोगी बौद्धिकले ‘स्वतन्त्र उद्यम’का रूपमा प्रस्तुत गरेका छन् । 

फ्रेडरिक हायेकको द रोड टु सर्फडम र मिल्टन फ्राइडम्यानको क्यापिटलिजम एन्ड फ्रिडमजस्ता पुस्तकमा पुँजीवाद र स्वतन्त्रतालाई अस्वाभाविक रूपमा एउटै देखाइएको छ । पुँजीवादको यो बुझाइले शोषण गर्ने स्वतन्त्रतालाई केन्द्रमा राख्छ, यस बुझाइअनुसार एकाधिकार पुँजीवादलाई प्रतिस्पर्धीलाई कुल्चिने र श्रमिकलाई निचोड्ने असीमित अधिकार र व्यापारीलाई शोषण गर्ने अनुमति हुनुपर्छ । हामीलाई यस्तो अर्थतन्त्र चाहिएको होइन । हामीलाई सबैको समृद्धि हुने अर्थतन्त्र चाहिएको छ, न कि लोभीपापीलाई पोस्ने अर्थतन्त्र चाहिएको हो । 

डेमोक्र्याटिक पार्टीले ‘स्वतन्त्रता’ शब्दमाथि पुनः दाबी गर्नुपर्छ । वास्तवमा डेमोक्र्याटिक पार्टी मात्रै होइन, संसारका सबै सामाजिक लोकतान्त्रिक एवं उदारवादीले ‘स्वतन्त्रता’ शब्दको अपनत्व लिनुपर्छ । यो नै यी पार्टीको लक्ष्य हुनुपर्छ, ताकि स्वतन्त्रता, अवसर विस्तार र साँच्चै खुला बजार स्थापना होऊन् । वास्तवमा हामीलाई खुला बजार चाहिन्छ, तर हामीले एकाधिकार बजारको बन्धनबाट मुक्त बजार खोजेका छौँ, जुन ठूला कर्पाेरेसनले तयार पारेको वैचारिक मिथकले सिर्जना गरेको असमान शक्तिबाट मुक्त हुन्छ ।

(अर्थशास्त्रका नोबेल पुरस्कार विजेता स्टिग्लिज कोलम्बिया विश्वविद्यालयका प्राध्यापक हुन्) प्रोजेक्ट सिन्डिकेट