
पौडी खेल्ने क्रममा पोखरीमा डुबेका बालकको प्रहरीले सकुशल उद्धार गरेको छ।
कीर्तिपुर नगरपालिका– ६ चोभारडाँडास्थित पोखरीमा डुबेका दोलखा जिल्लाको तामाकोशी गाउँपालिका– ३ घर भई हाल काठमाडौंको कालीमाटी बस्ने १० वर्षीय विवेक तामाङको सशस्त्र प्रहरी र नेपाल प्रहरीले आइतबार बिहान सकुशल उद्धार गरेको हो। तामाङ साथीहरूसँग सो ठाउँमा पौडी खेल्न गएका थिए।
बालक डुबेको जानकारी पाएपछि सशस्त्र प्रहरी बल, नेपाल नं. १८ नीलबाराही गण कीर्तिपुरबाट सशस्त्र प्रहरी निरीक्षक कृष्णराज अधिकारीको कमान्डमा खटिएको सशस्त्र प्रहरीले बाल र नेपाल प्रहरीको संयुक्त टोलीले उनको उद्धार गरेको हो । घाइते बालकको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।