१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o७:o४:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

गण्डकी सरकार अल्पमतमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o७:o४:oo

राष्ट्रपति निर्वाचनले केन्द्रमा नयाँ समीकरण बनेसँगै त्यसको प्रत्यक्ष असर गण्डकी प्रदेश सरकारलाई परेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन फिर्ता गरेसँगै त्यसको असर गण्डकी प्रदेशमा परेको हो । 

राप्रपाको शनिबार बसेको कार्यसम्पादन समिति र संसदीय समितिको संयुक्त बैठकले संघीय र प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । राप्रपाको यो निर्णयसँगै गण्डकी प्रदेश सरकार अल्पमतमा परेको छ । ६० सदस्यीय गण्डकी प्रदेश सभामा पाँच दलको प्रतिनिधित्व छ । ६० सदस्यमध्ये कांग्रेसको २७, एमालेको २२, माओवादी केन्द्रको आठ, राप्रपाको दुई सिट छ । मनाङ १ (२) बाट स्वतन्त्र उम्मेदवारी दिएर निर्विरोध निर्वाचित भएका राजीव गुरुङ पछि एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । 

गण्डकीमा बहुमतको सरकार गठनका लागि ३१ सदस्यको समर्थन आवश्यक पर्नेमा राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको हो । राप्रपाले समर्थन फिर्ता लिएसँगै गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीलाई एमालेका २२ र माओवादीका सातजना गरी २९ जनाको समर्थन रहनेछ । माओवादीले समेत समर्थन फिर्ता लिएमा मुख्यमन्त्री अधिकारीलाई एमालेका २२ जनाको मात्र साथ रहनेछ ।

एमाले संसदीय दलका नेता अधिकारी २५ पुसमा संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । अधिकारीलाई एमालेका २२, माओवादीका आठ, राप्रपाका दुईसँगै एकीकृत समाजवादीमा प्रवेश गरेका राजीव गुरुङसहित ३३ सदस्यको समर्थन थियो ।

मुख्यमन्त्री अधिकारीले सोही दिन माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान, एमालेकी सीता सुन्दास र राप्रपाका पञ्चराम गुरुङलाई विनाविभागीय मन्त्रीमा नियुक्त गरेका थिए । २५ पुसमा मुख्यमन्त्रीमा नियुक्त अधिकारीले २९ पुसमा प्रदेश सभाबाट विश्वासको मत लिएका थिए ।

मतदानमा अधिकारीले एमालेका २१, माओवादीका आठ र राप्रपाका दुई गरी ३१ मत पाएका थिए । मुख्यमन्त्री नियुक्त भएको १६औँ दिनमा अधिकारीले सात सदस्यीय मन्त्रिमण्डल बनाउँदै कार्यविभाजनसमेत गरेका थिए । राप्रपाबाट मन्त्री भएका पञ्चराम गुरुङले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मा पाएका थिए ।

शनिबार रातिसम्म गण्डकीमा राप्रपाबाट मन्त्री भएका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री गुरुङले पदबाट राजीनामा दिएका छैन्न । उनले पार्टी केन्द्रले दिएको निर्देशनअनुसार आफूहरू अघि बढ्ने बताए । उनले आइतबार मुख्यमन्त्री अधिकारीसमक्ष राजीनामा बुझाउने तयारी गरेका छन् ।

ad
ad