१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ फाल्गुण ११ बिहीबार ०७:०५:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

‘स्पट फिक्सिङ’मा संलग्न खेलाडी धरौटीमा छुटे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ फाल्गुण ११ बिहीबार ०७:०५:००

नेपाल टी–२० लिगमा ‘स्पट फिक्सिङ’ गरेको अभियोगमा पक्राउ परेका तीनजना खेलाडी धरौटीमा छुटेका छन् । जिल्ला अदालत काठमाडौंले मागेको तीन–तीन लाख रुपैयाँ धरौटी बुझाएर मोहमद आदिल आलम, महबुब आलम र नितेश गुप्ता छुटेका हुन् । 

जिल्ला न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको इजलासले उनीहरूसँग धरौटी माग गरेको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को अनुसन्धान प्रतिवेदनका आधारमा गत ५ फागुनमा जिल्ला सरकारी वकिल कार्यालयले उनीहरूविरुद्ध अभियोग दायर गरेको थियो ।

तीन वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना माग गरी मुद्दा दायर भएको थियो । अदालतको आदेशअनुसार तीनैजना बुधबार धरौटी बुझाएर छुटेको सिआइबीका एसपी सञ्जयसिंह थापाले बताए । स्पट फिक्सिङ प्रकरणमा नवीन कँडेल र रवि माझीलाई फरार अभियुक्तका रूपमा मुद्दा दायर भएको थियो । कँडेल काठमाडौं नाइट्सका मालिक हुन् भने माझी बुकी एजेन्ट हुन् । 

सिआइबीको अनुसन्धानमा लिगको रणनीतिक साझेदार भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस्का मालिक जतिन अहलुवालिया, अभिशेख शाखलानी र विनोद ध्यानीको पनि संलग्नता देखिएको थियो । त्यस्तै, विराटनगर सुपर किंग्सका म्यानेजर राहुल शर्मा, वेस्टइन्डिजका खेलाडी एन्ड्री म्याकार्थी, बुकी एजेन्ट समीर शेख र वीरेन्द्र साहको पनि फिक्सिङमा मिलेमतो पुष्टि भएको थियो ।

उनीहरूलाई पनि मुद्दा चलाउन सिआइबीले सिफारिस गरेकोमा पक्राउ परेका वेला मुद्दा चलाउने भन्दै उनीहरूलाई प्रतिवादी बनाइएको छैन । पर्याप्त प्रमाण हुँदा पनि सरकारी वकिलले उनीहरूको मुद्दा मुल्तबीमा राखेको हो ।