मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
कमलराज भट्ट काठमाडाैं
२०७९ फाल्गुण १० बुधबार ०६:५९:००
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

राष्ट्रपति निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन गरिँदै

राष्ट्रपति–उपराष्ट्रपति निर्वाचनमा कुल ५२ हजार ६२८ मतभार कायम रहेको आयोगले जनाएको छ

Read Time : < 1 मिनेट
कमलराज भट्ट, काठमाडाैं
२०७९ फाल्गुण १० बुधबार ०६:५९:००

निर्वाचन आयोगले २५ फागुनमा हुने राष्ट्रपति र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि मतदाता टुंग्याएको छ । नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयले सोमबार मतदाता नामावली प्रकाशन गर्दै छ ।

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा संघीय संसद् र प्रदेश सभाका सदस्य मतदाता हुन्छन् । आयोगले संघीय संसद् र प्रदेश सभा सचिवालयबाट कायम रहेका सदस्यको सूची मागेर मतदाता नामावली तयार पारेको हो । नामावली प्रकाशनपछि दाबी–विरोध गर्ने तथा नाम सच्याउन दुई दिनको समय दिइनेछ । १२ फागुनमा अन्तिम मतदाता नामावली प्रकाशन गरिने निर्वाचन अधिकृत महेश शर्मा पौड्यालले बताए । 

०७८ को जनगणनाको अन्तिम प्रतिवेदन सार्वजनिक नभएकाले ०६८ को जनगणनाकै मतभारका आधारमा राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन गर्ने निर्णय आयोगले गरेको छ । संघीय संसद्का तीन सय ३४ र प्रदेश सभाका पाँच सय ५० गरी कुल आठ सय ८४ मतदाता छन् । ०६८ को गणनाअनुसार संघको एक सदस्यको मतभार ७९ र प्रदेश सभा सदस्यको मतभार ४८ छ । 

संघीय संसद्अन्तर्गत दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा अहिले दुई सय ७३ सदस्य कायम छन् । राष्ट्रिय सभाका सबै ५९ सदस्य नै कायम भएकाले संघीय संसद्का कुल मतदाता तीन सय ३२ छन् ।