सत्तारूढ दल माओवादी केन्द्रको पदाधिकारी बैठक अहिले जारी छ। पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा जारी बैठकमा राष्ट्रपतिको विषयमा छलफल भइरहेको बताइएको छ।
बैठकअघि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग ‘वान टू वान’ भेटवार्ता गरेका थिए।
राष्ट्रपतिको निर्वाचनका लागि मनोनयन गर्ने दिन नजिकिँदै जाँदा दलहरू आन्तरिक छलफलमा जुटिरहेका छन्।माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोजिनुपर्ने बताउँदै आइरहेको छ। यही फागुन १३ गते राष्ट्रपति निर्वाचनका लागि मनोनयनकाे मिति तोकिएको छ।