
जनकपुरधाममा पहिलोपटक अन्तर्राष्ट्रिय व्यापार मेलाको आयोजना गरिएको छ । जनकपुर वाणिज्य संघले स्थानीय तिरुहुतिया गाछीमा आयोजना गरेको मेला १४ फाल्गुनसम्म चल्नेछ ।
विश्व बजारमा आर्थिक मन्दी छाएको बेला व्यापार व्यवसायको अवस्था उकास्ने उद्देश्यले व्यापार मेला आयोजना गरिएको जनकपुर उद्योग वाणिज्य संघले जनाएको छ । मेलामा नेपाल, भारत, पाकिस्तान र बंगलादेशका व्यापारीहरुले स्टल राखेका छन् ।
मेलामा करिव २० करोड रुपैयाँबराबरको व्यापार हुने जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले बताए । मेलामा चार प्राङ्गग्रे सवारी सधानदेखि इलेक्ट्रोनिक समान, लात्ताकपडा, मोटरसाइकल, ट्रयाक्टर, इ–रिक्सा, इलेक्ट्रोनिक साईकल, मिथिला पेन्टिङ्गका सामान तथा घरायसी समानहरु विक्रिको लागि राखिएको छ । त्यसैगरी, वैंक तथा वित्तिय संस्थाहरुले पनि स्टल राखेका छन् ।