१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण ५ शुक्रबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ फाल्गुण ५ शुक्रबार १६:४१:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

तीन विकेटले नेपाल विजयी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण ५ शुक्रबार १६:४१:oo

आइसिसी क्रिकेट विश्वकप लिग– २ मा नेपालले संघर्षपूर्ण जित हासिल गरेको छ। स्कटल्यान्डले दिएको दुई सय ७५ रनको लक्ष्य पछ्याउँदै आएको नेपालले १८ बल बाँकी छँदै लक्ष्य पूरा गरेको हो। 

दीपेन्द्रसिंह ऐरी र कुशल मल्लको उत्कृष्ट ब्याटिङले आइसिसी क्रिकेट विश्वकप लिग टु मा शुक्रबार शीर्ष स्थानको स्कटल्याण्डलाई तीन विकेटले पराजित गर्दै जित हात पारेको हो। दीपेन्द्रले ११६ बल खेल्दै ८ चौका र १ छक्का मद्दतमा अविजित ८५ रन बनाए ।

यस्तै कुशलले ६७ बल खेल्दै ९ चौका र ४ छक्का प्रहार गर्दै ८१ रन जोडे। कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले टस जितेर फिल्डिङ रोज्दै स्कटल्यान्डलाई ब्याटिङको निम्तो दिएको थियो। 

स्कटल्यान्डले ५० ओभर खेल्दै नौ विकेटको क्षतिमा दुई सय ७४ रन बनाएको थियाे। स्कटल्यान्डका लागि मिचेल लिस्क एक्लैले एक सय सात रन बनाए। सातौँ नम्बरमा ब्याटिङ गरेका लिस्कले ८५ बलमा नौ छक्का र तीन चौकाको मद्दतमा अविजित १०७ रन बनाए।  

नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा २७ रन खर्चेर तीन विकेट लिए भने कुशल मल्लले नौ ओभरमा एक मेडन राख्दै ४९ रन खर्चेर दुई विकेट लिए।

सोमपाल कामीले नौ ओभरमा एक मेडन राख्दै ५२ रन खर्चेर एक विकेट लिए भने कुशल भुर्तेलले ६ ओभरमा २२ र दीपेन्द्र सिंह ऐरीले पाँच ओभरमा २५ रन खर्चेर १ १ विकेट लिए।