Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ फाल्गुण २ मंगलबार ११:१८:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

अक्षरामा दोस्रो बाल साहित्य महोत्सव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ फाल्गुण २ मंगलबार ११:१८:००

अक्षरा स्कुलले २५ भन्दा बढी विद्यालय र चार हजारभन्दा बढी अभिभावकको उपस्थितिमा दोस्रो अक्षरा बाल साहित्य महोत्सव आयोजना गरेको छ । उपत्यकाभित्रका सरकारी तथा संस्थागत विद्यालयका विद्यार्थी तथा अभिभावकको उपस्थितिमा कार्यक्रम गरिएको हो । 

महोत्सवका प्रमुख अतिथि कलाकार मदनकृष्ण श्रेष्ठले बालबालिकालाई विद्यालय तहदेखि नै साहित्यको ज्ञान दिनु निकै अर्थपूर्ण भएको बताए । साहित्य विधा आफैँमा महत्वपूर्ण भएकाले हरेक व्यक्ति साहित्यकार बन्न सक्ने उनको भनाइ थियो । उनले भने, ‘हरेक मान्छे साहित्यकार बन्न सक्छ, यदि मनमा खेलेका कुराहरूलाई काँटछाँट गरेर प्रस्तुत गर्ने अभ्यास गर्न सकेमा साहित्य जटिल विषय होइन । यसका विभिन्न फरक विधामा अभ्यास हुन जरुरी छ ।’

बालबालिकामा पठन संस्कृतिको विकास र विशेष गरी साहित्यमा ज्ञान अभिवृद्धिका लागि आयोजित महोत्सवमा विद्यार्थी र शिक्षकलाई भाषा शिक्षण, लेखन सीप, रेडियो नाटक, पुस्तकको आवरण चित्र, लेखक अध्ययन, पात्र चित्रणलगायतका विभिन्न शीर्षकमा साहित्यसम्बन्धी कार्यशाला गरिएको विद्यालयले जनाएको छ । महोत्सवको बन्दसत्रमा विभिन्न विद्यालयका विद्यार्थीलाई कक्षाहरूमा पाठ्यपुस्तकसँगै साहित्यका पुस्तकहरू रमाइलो र अर्थपूर्ण तरिकाले कसरी शिक्षण गर्नै विषयमा समेत अन्तक्र्रिया गरिएको उल्लेख छ । 

बालबालिकामा निर्धारित पाठ्यपुस्तकबाहेक पठन संस्कार विकास गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा लेखक निलम कार्की निहारिका र बुद्धिसागरसँग अन्तक्र्रिया कार्यक्रम गरिएको थियो । अन्तक्र्रियामा लेखकहरूले व्यावहारिक ज्ञानका लागि पाठ्यक्रमबाहिरका पुस्तकहरू बढी आवश्यक भएको बताए । स्कुलकी प्रिन्सिपल अन्जु भट्टराईले बाल साहित्य महोत्सवका माध्यमबाट बालबालिकामा पठन संस्कृतिको विकास गर्न सकिने बताइन् ।