१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
मनीष खड्का रुकुम पश्चिम
२o८१ बैशाख २१ शुक्रबार o७:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

गुरिल्ला म्याराथनमा दुर्गा र मञ्जु पहिलो

Read Time : < 1 मिनेट
मनीष खड्का, रुकुम पश्चिम
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o७:४३:oo

पाँचौँ राष्ट्रिय सानीभेरी–मौराखारा गुरिल्ला म्याराथनमा पुरुषतर्फ रुकुम पश्चिमका दुर्गा बुढा र महिलामा जुम्लाकी मञ्जु रावत पहिलो भएका छन् । जनयुद्ध दिवसको अवसरमा सोमबार भएको म्याराथनमा पुरुष विधामा ६१ जना धावकलाई पछि पार्दै रुकुम पश्चिमका बुढा प्रथम भएका हुन् ।

 उनले निर्धारित ४६ किलोमिटरको दौड चार घन्टा ५८ मिनेटमा पार गरे । भोजपुरका उमेश राई पाँच घन्टा चार मिनेटका साथ दोस्रो भए । महिला रावतले निर्धारित ३४ किलोमिटरको दूरी तीन घन्टा २४ मिनेटमा पूरा गरिन् । महिलातर्फ खोटाङकी प्रिया राई दोस्रो भएको व्यवस्थापक खेलकुद विकास समिति सानीभेरीका अध्यक्ष भीमप्रकास विकले जानकारी दिए । सानीभेरी गाउँपालिकाले हरेक वर्षको १ फागुनमा जनयुद्ध दिवसको अवसरमा गुरिल्ला म्याराथन आयोजना गर्दै आइरहेको छ । 

यसपटकदेखि म्याराथनका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले १५ लाख गाउँपालिकाले ८ लाख बजेट विनियोजन गरेको विकले बताए । म्याराथनको उद्घाटन पूर्वअर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य जनार्दन शर्मा र कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मालगायतले उद्घाटन गरेका थिए । 

ad
ad