१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १o:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

सगरमाथा चौधरी आँखा अस्पताल : चार दशकमा डेढ करोडको आँखा जाँच, सात लाखले पाए ज्योति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:१४:oo

लहानमा रहेको सगरमाथा चौधरी आँखा अस्पतालले चार दशक अवधिमा नेपाल र भारतका एक करोड ५६ लाख नागरिकको आँखाको जाँच र उपचार गरेको छ । अस्पतालले ४०औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा यो तथ्यांक प्रस्तुत गरिएको हो । 

‘चार दशकमा एक करोड ५६ लाखको आँखाको उपचार गरिएको छ,’ अस्पतालका मेडिकल सुपरिडेन्ट डा. सञ्जयकुमार सिंहले वार्षिकोत्सवक कार्यक्रममा भने, ‘जसमध्ये १३ लाख २२ हजारको आँखाको शल्यक्रिया गरी अन्धोपन निवारण भएको छ ।’ आँखा उपचार गराउन नेपाल, भारतका रोगीहरू बढी आउने गरेको भन्दै उनले न्यूनतम खर्चमै आँखाको जाँचसँगै आवश्यक शल्यक्रिया गरिँदै आएको जानकारी दिए । 

अस्पतालले सन् २०२२ मा अहिलेसम्मकै सबैभन्दा बढी आँखा जाँच र उपचार गरेको जनाएको छ । अस्पताल, यसअन्तर्गत सञ्चालनमा रहेका आँखा उपचार केन्द्र र शिविरहरूमा गरी पाँच लाख ५७ हजार ६ सय २२ जनाको आँखाको जाँच गरेको छ । 

४८ करोडको लागतमा अत्याधुनिक भवन 
सन् १९८१ मा लहानस्थित रामकुमार–उमाप्रसाद स्मारक अस्पतालको कोठा लिएर १२ बेडबाट सुरु गरिएको आँखा अस्पतालका लागि स्थानीय दानवीरहरू छविलाल चौधरी, सरोवर चौधरी र रन्द्रीलाल चौधरीले १२ बिघाभन्दा बढी जग्गा दान गरेपछि नेपाल नेत्रज्योति संघको पहलमा क्रिस्टोफर ब्लाइन्ड मिसन (सिबिएम) जर्मनीको सहयोगमा ५० बेड क्षमताको भवन निर्माण गरी सञ्चालन गरिएको थियो ।

पछिल्लो समयमा मोतियाबिन्दुको उपचारको क्षेत्रमा फिसहुक, फेकोजस्ता नवीन प्रविधि आविष्कार गरी आँखाको उपचार गर्दै आएको अस्पतालको न्यून शुल्कमा गुणस्तरीय उपचारको कारणले नेपालसहित भारतका विभिन्न प्रान्तका बिरामीको पनि संख्या बढिरहेको अस्पतालका प्रबन्धक अभिशेष रोशनले जानकारी दिए । 

४०औँ वार्षिकोत्सवका अवसरमा अस्पतालले आफ्नै आम्दानीले दुई वर्षको अवधिमा ४८ करोडको लागतमा निर्माण गरेको चार तले अत्याधुनिक भवन उद्घाटन गरिएको थियो । ‘आँखा बा’ को नामले चिनिने प्राध्यापक डा. रामप्रसाद पोखरेलले भवन उद्घाटन गरे । 

ad
ad