नयाँ पत्रिका राष्ट्रिय दैनिकका वरिष्ठ संवाददाता सुवास भट्ट सम्मानित भएका छन् । सूचना सम्प्रेषणमार्फत् भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनमा पुर्याएको योगदानका लागि उनी सम्मानित भएका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई नगद रु २० हजारसहित कदरपत्र प्रदान गरिन् । भट्टले सार्वजनिक प्रशासन र सुशासनका विषयमा निरन्तर कलम चलाउँदै आएका छन् ।