मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०८० जेठ २४ बुधबार
  • Wednesday, 07 June, 2023
२०७९ माघ २८ शनिबार ०९:२३:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

दुधको मूल्य बढाउन काभ्रेली किसानको माग 

Read Time : > 1 मिनेट
२०७९ माघ २८ शनिबार ०९:२३:००

काभ्रेका किसानहरूले दुधको मूल्य कम भएको भन्दै मूल्य वृद्धि गर्न माग गरेका छन् । गाई भैसीलाई खुवाउने दाना, घाँस, चोकर पराल, ढुटो पिनालगायतको मूल्य वृद्धि भए जसरीनै दुधको मूल्य वृद्धि नभएको उनीहरूको गुनासो छ। दुध उत्पादनको हिसाबले देशकै नेतृत्वदायी जिल्लाका किसानले लागत मूल्यसमेत पाउन नसकेकाले दुधको मूल्य तत्कालै बढाउन माग गरेका हुन् ।

 शुक्रबार काभ्रे जिल्ला दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले बनेपामा पत्रकार सम्मेलन गरि प्रती लिटर १४ रुपैयाँ दुधको मूल्य बढाउन माग गरेको हो । उक्त पत्रकार सम्मेलनमा लिमिटेडका अध्यक्षा नारायणप्रसाद बडालले पशुलाई खुवाउने ढुटो दाना, चोकर, पराल, पिना, परालको मूल्य अत्याधिक बढेकाले दुधको मूल्य बढाउन माग गरे । ‘गाई भैसीलाई खुवाउने ढुटो दाना, चोकर, पराल, पिना, पराललगायतको मूल्य अत्याधिक बढेको छ । त्यसअनुसार दुधको मूल्य बढ्दैन,’ बडालले भने, ‘दुःख गर्ने किसानले दुध बेचेर लगानी उठाउन पनि धौ–धौँ छ । अहिलेको मूल्यमा १० रुपैयाँ थप भयो भनेचाहि किसानलाई मर्का पर्दैन।’

अहिले विकटका किसानले सरदर गाईको दुध प्रतिलिटर ५४ रुपैयाँ र भैसीको दुघ प्रतिलिटर ६५ रुपैयाँका दरले पाउँदै आएका छन् । त्यो मूल्यले गाईभैसीलाई खुवाउने दानापानी घाँसकै पैसा नउठ्ने उनको भनाई छ ।

पछिल्लो समय सबै उपभोग्य वस्तुको भाउ बढेको समयमा दुधको मुल्य नबढ्दा किसानमा नैराश्यता पलाएको बडालको भनाई छ । पशुका लागि आवश्यक खुराकको मूल्य बढेकाले यो कार्यबाट धेरै किसान पलायन भएको र अझैपनि दुधको मूल्य नबढ्ने हो भने थप समस्या सृजना हुने उनले बताए ।

देशकै कूल गाह्रस्थ उत्पादनमा योगदान प्रदान गरेको दुग्ध क्षेत्रलाई आत्मनिर्भर भएको अवस्थामा दुधको भाउ बढाउन नसक्ने हो भने परनिर्भर हुने अवस्थामा पुग्ने भएकाले सरकारको समयमै ध्यान दिनु पर्ने बडालले बताए । काभ्रेमा दुई सय ७२ वटा सहकारीसँगै चार सय स्थानबाट दुध संकलन हुँदै आाएको छ । काभ्रेमा आधा दर्जन दुध डेरीले दुग्धजन्य उत्पादन गरिरहेका छन् । 

काभ्रेमा दैनिक तीन लाख लिटर दुध उत्पादन हुने गरेको छ । यस्तो अवस्थामा समयमै स्थानीय सरकारदेखि प्रदेश र संघीय सरकारले नसोचे दुध उत्पादनमा कमी आउने उनको भनाई छ । ‘हामीले समयमै सम्बन्धित निकायलाई ध्यानाकार्षण गरेका छौँ । अरु ठाउँमा जस्तै सडकमा उत्रन नपरोस सम्बन्धित निकायको ध्यान जाओस्,’ उनले भने ।