मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ २३ सोमबार ११:५८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एयरपोर्ट होटेल साटा पुरस्कारबाट पुरस्कृत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ २३ सोमबार ११:५८:००

एयरपोर्ट होटेल काठमाडौंं ‘साउथ एसियन ट्राभल अवार्ड’ (साटा) अन्तर्गतको ‘लिडिङ एयरपोर्ट होटेल’बाट पुरस्कृत भएको छ ।

साटा बर्सेनि प्रदान गरिने क्षेत्रीय तथा अन्तर्राष्ट्रियस्तरका प्रमुख आतिथ्य तथा पर्यटन निकायहरूबाट अनुमोदिन पुरस्कार हो । माल्दिभ्समा हालै सम्पन्न विशेष कार्यक्रममा सो पुरस्कार १० विधाका ३७ शीर्षकमा घोषणा भएको हो ।

१२ वर्ष अघिदेखि सञ्चालनमा आएको एयरपोर्ट होटेल काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा स्थापित सुविधासम्पन्न होटेल हो, जसले स्तरीय खाने–बस्ने सुविधाका अतिरिक्त मनोरञ्जन, सभा–सम्मेलनको उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ । नेपालको पहिलो रिभोल्भिङ रेस्टुरेन्ट र नेपाली रैथाने खाना पस्कने थलोको रूपमा पनि उक्त होटेलले चिनारी बनाएको छ ।